सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष बसरुद्धिन मंसुरीको खुट्टा भाचेको छ । उनको खुट्टा पुस ३ गते शुक्रबार वार्ड नं. ५ को कार्यालयको काम सकेर घर जाने क्रममा कुकुरलाई बचाउँन खज्दा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
वडाध्यक्ष मंसुरीको मोटरसाइकल दुर्घटनामा परी खुट्टामा बाहिरी चोट नदेखिएपनि घुडाको हड्डी भाचेको छ ।
घुडाको हड्डी भाचेको मंसुरीको उपचार बिराट टिचिङ्ग हस्पिटल बिराटनगरमा गराएका छन् ।
उनको घुडमा प्लाष्टर गरिएको छ , डाक्टरले एक महिना घरमै बस्न सुझाव समेत दिएका थिए ।
तर उनले जनताका कामका लागि बुधबार बसेका कार्यापालिका बैठकमा आफ्ना वडाका समस्या राख्न वैसाखी सहित एक जना सहयोगीलाई लिएर गाउँपालिका पुगेका थिए ।
उनले वडाका विकासका काममा निरन्तर सकृता देखाएपनि पुस ३ गते मोटरसाइकल दुर्घटनामा परेका कारण केही दिनका लागि वडा सदस्यलाई निमित वडाध्यक्षको जिम्मेवारी दिएका थिए ।
निमित वडाध्यक्ष पदमा बसेका वडा सदस्यको अन्तिम म्याद सोमबार सकेपछि वडाध्यक्ष मंसुरी आफैँ मंगलबार देखी कामकाज थालेका छन्
Discussion about this post