इनरुवा । भनिन्छ बतिमुनिको अध्याँरो, यस्तै सुनसरी सदरकुाम इनरुवा–७ चाँदबेलाको बर्छावाको एक बालविकास केन्द्र खुल्ला आकासमुनी सञ्चालन भएको छ । १३ वर्षदेखी फुसको घरमा सञ्चालन हुँदै आएको कोपिला बालविकास केन्द्र एक वर्षअघि वर्षा र हुरीका कारण लडेपछि त्यस यता बालविकास केन्द्र खुल्ला आकास मुनी त्रिपालमा सञ्चालन भइरहेको छ । बालविकास केन्द्र पाँच वर्षमुनिका बालबालिकालाई अध्ययन गर्न सञ्चालनमा ल्याएको भएपनि इनरुवाकै बालविकास केन्द्रको अवस्था दयनिय रहेको स्थानीय रामजी साहले बताए । साहका अनुसार कोपिला बालविकास केन्द्रमा ३० जना बालबालिकाहरु रहेपनि बालविकास केन्द्रको न कुनै भवन छ न त बालबालिका बस्ने चकट्टी नै छ । यसरी समस्याको बीचमा बालविकास सहजकर्ताले जसो त्यसो स्थानीय गडन खोलाको किनारको खुल्ला चौरमा गाउँका बालबालिकालाई भेला गराई जसो त्यसो अध्यापन गराइरहेको छ ।
बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता बविता चौधरीले बालविकास केन्द्रका लागि वडादेखी शिक्षा शाखासम्म र मातृ विद्यालयदेखी सरोकारवाला निकायसम्म जानकारी गराउँदा समेत कुनै पहल नभएको गुनासो गरिन् । चौधरीले आफू वर्षा, पानी, हावाहुरी र घाम तथा जाडो समेतमा जोखिम मोलेर बालबालिकाहरुलाई पढाउन बाध्य भएको सुनाइन् । चौधरीका अनुसार इनरुवा–७ चाँदबेला बर्छावा खिरखिरे टोलको नामले परिचित सुकुम्वासी बस्तीमा ५० घरपरिवारका सयभन्दा बढी बालबालिकाहरु विद्यालय उमेर समुहका छन् । त्यस मध्ये अधिकाँश विद्यालय टाँढा भएकाले घरमै बसेको र ३० जना बालबालिका पाँच वर्ष उमेर समुह कमका भने बालविकास केन्द्रमा रहेको जानकारी दिईन् । यसैबीच बालविकास केन्द्र खुल्ला आकास मुनी रहेको विषयमा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादवले स्थलगत अनुगमन गरी पीडित र अभिभावक तथा सहयोगि कार्यकर्ताहरुसँग अवस्थाको बारेमा बुझेका छन् ।
यादवले त्रिपालमुनी पढाई रहेका बालबालिकाको सवालमा बिहिवार मात्रै वडाध्यक्ष किशोर कुमार सिंह र वडा सचिव गोपाल खतिवडालाई जानकारी गराउँदै समस्या समाधान गर्न आग्रह गरेका छन् । यादवको आग्रहपछि वडाध्यक्ष सिंहले तत्काल ५० हजार रुपैयाँ बालविकास केन्द्र निर्माणका लागि दिने प्रतिवद्धता जनाए । वडाध्यक्ष सिंहले आफ्नै वडाको समस्या ढिलो गरी थाहा पाएकाले त्यसलाई आफूले समाधान गर्ने दावी गरें । उता सुशासन अभियान सुनसरीका अध्यक्ष रिजय रजकले समेत समाजिक रुपमा सहयोग गर्न भेला गरेको र सरोकारवालालाई सहयोगका लागि अपिल समेत गरेको छ ।
Discussion about this post