सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ स्थित रहेको काली मन्दिरमा बुधबार देखी नवाह सुरु भएको नवाह शुक्रवार साँझ समपन्न भएको छ ।
स्थानिय युवाहरुको सहभागीतामा बुधबार देखी नौँ दिन सम्म लगातार भएको नवाह शुक्रबार साँझ समपन्न भएको बताए ।
काली मन्दिरमा समपन्न भएको नवाहमा (काली दुर्गा राधे श्याम) का धुन लगातार ९ (नौँ) दिन सम्म जप भएको स्थानिय युवा चन्दन यादवले जानकारी दिए ।
स्थानिय यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका स्थित रहेको काली मन्दिर नेपालकै शक्तिशाली मन्दिरको रुपमा रहेकोले सो मन्दिरमा प्रत्येक वर्ष स्थानियहरुको सहभागीतामा यस वर्ष पनि नवाहको भएको हो ।
काली मन्दिरमा ९ दिन सम्म भएको नवाह कार्यक्रमको लागि गुरुदेव यादव, रामप्रसाद यादव, गण्देव यादव, अर्जुन मरवैता, कालीचरण यादव, नारायण शर्मा, झुनाई यादव लगायतका टिमका सदस्यहरुले सहयोग गरेका थिए ।
नवाहको अन्तिम दिन भएको २४ घण्टा नवाह कार्यक्रमको खर्च स्थानिय युवा एंव राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा भोक्राहा गाउँ कमिटी संयोजक रमेश यादवले नगद ५० हजार सहयोग गरेको बताए ।
Discussion about this post