इनरुवा । वित्तिय क्षेत्रमा काम गर्दै आएको कास्कीको पोखरामा केन्द्रिय कार्यालय रहेको एनएमवि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो कर्मचारीको लागि क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ । एनएमबीको आयोजनामा सुनसरीको इटहरीमा तीन दिने क्षमता अभिवृद्धि तालिम सप्पन्न भएको हो ।
प्रदेश १ र २ का जिल्ला तथा शाखाहरुमा कार्यरत्त रहेका आफ्नो कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सम्पन्न गरेको एनएमबीले जनाएको छ । शाखामा थप उत्साहका साथ काम गर्ने र वित्तिय सुशासन कायम गर्ने तथा सेवाग्राही, संस्था र कर्मचारीको बीचको सम्बन्ध कसरी राम्रो बनाउने लगायतका विषयमा क्षमता अभिवृद्धि गर्न तालिम सम्पन्न गरेको हो । तालिमको उद्घाटन एनएमबीका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले गरेको थियो भने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको थियो ।
तालिममा दिएको जानकारी अनुसार कुनै पनि ब्यक्तिको वृत्ति विकासको महत्वपूर्ण औजार तालिम र क्षमता अभिवृद्धि भएकाले हरेक कर्मचारीलाई समयसापेक्ष तालिम आवश्यक रहेको जनाएको छ । कार्यक्रममा विशिष्ठ अतिथि षेशनारायण पोखरेलले तालिमबाट कर्मचारीको क्षमता विकास भई एनएमबीको काममा थप सहजता हुने बताए । कर्मचारीको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गर्दै गर्दा अन्यसंग साकारात्मक प्रतिष्प्रधा गर्ने र सेवाग्राहीको मल जित्ने तरिकाका बारेमा समेत जानकारी गराएको थियोे ।
एनएमबीका प्रदेश १ प्रमुख यूवराज पहाडीले कर्मचारीहरुलाई सञ्चार सिप, आपसी सम्बन्ध निर्माण सिप, सकारात्मक सोचाइ र निर्माण सिप लगायतको विषय जानकारी दिए । एनएमबीका कर्मचारीको लागि क्षमता अभिवृद्धि तालिममा प्रदेश २ का प्रमुख पुरन्जन चापागाईंले पनि कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका लागि योगदान गरेको बताए ।
तालिममा प्रदेश १ र प्रदेश २ को ३७ जना भन्दा बढी लेखापाल कर्मचारीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्तिम दिन जनशक्ति विभाग प्रमुख प्रेमप्रसाद सुवेदीले सहजीकरण गरे । सुवेदीले कार्यक्रम संचालन र कार्य सम्बन्धि तालिम दिएको थियो ।
Discussion about this post