इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनसरीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र) पार्टी र एमाले अलग अलग भएको अदालतको फैसला पनि विधिवत रुपमा नयाँ पार्टी कार्यालय सञ्चालन गरेको पार्टीका जिल्ला अध्यक्ष योजेन्द्र मण्डल पप्पुले जानकारी दिए । नेकपा(माओवादी केन्द्र) लेखेकोे नयाँ बोर्ड राख्दै इनरुवा ३ को शहिद स्मृति भवनमा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, नेता शिवकुमार डागीं, नगर अध्यक्ष ओके दाहाल , अनेमसंघकी सपना परियार सहित तथा जिल्ला कमिटि सदस्यलगाएतको उपस्थितीमा मंगलबार कार्यालयको उद्घाटन गरिएको हो ।
अदालतको फैसलालगत्तै कार्यालय उद्घाटन गर्दै आफ्नो पार्टीको बोर्ड राखेको मण्डलले जानकारी दिए ।
सर्वोच्चले आइतबार नेकपा नामको आधिकारिकता ऋषी कट्टेलाई दिने फैसला गरेलगत्तै ओली र प्रचण्ड–नेपाल समूह पुनः पूर्व एमाले र पूर्व माओवादी केन्द्रमै फर्किने अवस्था आएको छ । सर्वोच्चको फैसलासँगै ओली समूह भने पूर्व एमाले पुनर्जिवित भएकोमा हर्षित देखिएको छ ।
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने
इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स...














Discussion about this post