इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनसरीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र) पार्टी र एमाले अलग अलग भएको अदालतको फैसला पनि विधिवत रुपमा नयाँ पार्टी कार्यालय सञ्चालन गरेको पार्टीका जिल्ला अध्यक्ष योजेन्द्र मण्डल पप्पुले जानकारी दिए । नेकपा(माओवादी केन्द्र) लेखेकोे नयाँ बोर्ड राख्दै इनरुवा ३ को शहिद स्मृति भवनमा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, नेता शिवकुमार डागीं, नगर अध्यक्ष ओके दाहाल , अनेमसंघकी सपना परियार सहित तथा जिल्ला कमिटि सदस्यलगाएतको उपस्थितीमा मंगलबार कार्यालयको उद्घाटन गरिएको हो ।
अदालतको फैसलालगत्तै कार्यालय उद्घाटन गर्दै आफ्नो पार्टीको बोर्ड राखेको मण्डलले जानकारी दिए ।
सर्वोच्चले आइतबार नेकपा नामको आधिकारिकता ऋषी कट्टेलाई दिने फैसला गरेलगत्तै ओली र प्रचण्ड–नेपाल समूह पुनः पूर्व एमाले र पूर्व माओवादी केन्द्रमै फर्किने अवस्था आएको छ । सर्वोच्चको फैसलासँगै ओली समूह भने पूर्व एमाले पुनर्जिवित भएकोमा हर्षित देखिएको छ ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post