इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा शहरी विकास मन्त्रालयबाट भएका विकास निर्माण भएको संरचना एक वर्ष नपुग्दै भत्किन थालेकाले बाँकी काममा अवरोध गरिएको छ ।
स्थानीयले इनरुवा नगरपालिकाको सखुवागाछी–बविया सडक खण्डको रोड निर्माणमा मापदण्ड विपरित काम भईरहेको भन्दै इनरुवा नगरपालिका १ का वडा अध्यक्ष रामचन्द्र पौदारले काम रोकेको छ ।
भुमि कन्ट्रक्सनले कमिसनको चक्करमा इनरुवा १ मा गुणस्तरहिन सडक निर्माणको काम गरेको र सडक पेटी छेउमा ट्रायल ओछ्याउने कार्य पनि त्यस्तै गर्न खोजेकोले आफू बाध्य भएर निर्माण कार्य रोकेको वडा अध्यक्ष पौदारले बताए ।
सम्झौता विपरीत लागत इष्टिमेट बमोजिम काम नगरेकोे पाइएकाले वडा अध्यक्ष सहित स्थानीयबासीहरुले सो काम रोकेको हो । वडा अध्यक्ष पौदारले प्रदेशपाना अनलाइनसँग भने ‘पछिल्लो चरणमा पनि भुमि कन्ट्रक्सनले सडक पेटीमा ओछ्याउन लागेको टायल लगायतका काम गुणस्तरहिन भएकाले पाइएकाले काम रोकेको हौ ।
उनले अनलाइनसँग थप कुरा गर्दै भने ‘काम अरुले विगार्ने, दोष जति सवै जनप्रतिनिधीलाई आउने’ ‘त्यस्तो काम त रोक्नु पर्यो नी ।’ कमसल काम गर्न खोजियो हामीले राम्रो काम गर्न भनेका छौं ।
Discussion about this post