देवानगंज । शैक्षिक गुणस्तरको परिभाषा आ–आफ्नै भए पनि नेपालको सरकारी विद्यालयको गुणस्तर कमजोर छ भन्ने कुरामा नीति निर्माता, शिक्षाकर्मी, उच्चप्रशासन कसैको विमति छैन । सरकारले जतिसुकै लगानी गरे पनि सरकारी विद्यालयको नतिजा हेर्दा ती लागानी बालुवामा पानी खन्याए जस्तो भइरहेको छ ।
नयाँ नीति निर्देशन र पहलकदमीहरू हावाका महलजस्ता देखिएका छन् । असल नियतले लागू गरिएका योजना र कार्यक्रमहरू कामयावी हुनसकेका छैनन् । समस्या कहाँनेर हो, कसको कति जिम्मेवारी हो, वस्तुपरक रूपमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्नेभन्दा पनि सरोकारवालाबीच एक आपसमा पूर्वाग्रह ग्रसित आरोपप्रत्यारोपको लामो शृंखला गुज्रिसकेको छ ।
तर, समस्या झन जटिल बन्दै गएको छ । अझै पनि कतिपय अति दुर्गम ठाउँहरूका बालबालिकाहरू घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने वाध्यतामा रहेको छ । उनीहरूलाई शिक्षाको विश्वव्यापी नाराहरूले छुन समेत सकेको छैन तर सरकारी विद्यालयको ठाउँमा निजी विद्यालयप्रतिको आकर्षणले गर्दा सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या दिन प्रतिदिन घट्दै गएको छ । अधिकांश सरकारी विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरू आफ्नो विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना र कार्यक्रम निर्माण गर्नेभन्दा पनि भवन र चर्पीकै माग लिएर जिल्ला शिक्षा कार्यालय धाउने प्रवृत्ति चलिआएको छ ।
घटना के हो ?
त्यसतै अवस्था छ प्रदेश १ को सरकारी विद्यालयहरुको स्तरोन्नति गर्ने भनी करौंडो रकम मन्त्रालयहरुबाट खर्च भए पनि ति रकमहरु शहर केन्द्रित मात्र बनेको देखिन्छ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका वडा नं २ मा रहेको श्री रामजानकी आधारभुत विद्यालयको अवस्था पनि डरलाग्दो छ । आधारभुत तहको विद्यालय थप जिम्मेवार र अनुशासीत हुनुपर्ने मान्यता देखिएको छ । बालबिकास देखि कक्षा ५ सम्म पढाई हुने यस्ता विद्यालयहरु लापरबाह हुदा विद्यार्थीको भविष्यमाथि ठुलो असर पर्नसक्छ ।
बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीले आफ्नो जग बनाउने स्थान भनेकै बालविकास या भनौं आधारभुत विद्यालयमा हो । तर,त्यहाँका शिक्षक र जिम्मेवार व्यक्ती नै लापरबाह भए भने नतिजा के होला रु त्यहाँका स्थानीको मनमा चलिरहेको प्रश्न यही हो ।
देवानगंज गाउँपालिका वडा नं २ मा रहेको श्री रामजानकी आधारभुत विद्यालयमा बेथिती नै बेथिति मौलाएको छ ।
३ जना शिक्षक , बालविकासका २ जना र १ जना कार्यालय सहयोगी गरि जम्मा ६ जनाको दरबन्दी रहेको सो आधारभुत विद्यालयमा कुल विद्यार्थी सङख्या १ सय ८ रहेको विद्यालय तथ्याङ्कले देखाएको छ ।
कार्यालय सहयोगीले गर्ने काम स्कुलका विद्यार्थीले गर्दै
सरकारी विद्यालयको नियमानुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन हुनुपर्दछ । तर,यो विद्यालयको अवस्था र समयतालिका फरक देखिएको छ । नागरिक अभियान डटकमले गरेको सर्भे अनुसार यो विद्यालय विहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म मात्र खुल्ने गरेको पाइएको छ । १ सय ८ जना जम्मा विद्यार्थी भएको सो विद्यालयमा बढीमा १० जना विद्यार्थीको उपस्थिती हुने गरेको पाइएको छ । विद्यार्थी विद्यालय नआउनुको कारण त्यहाँका प्रअलाई समेत थाहा छैन ।
अव्यवस्थित कक्षाकोठा
शिक्षण संस्था भन्ने बित्तिकै एक अनुशासन र ज्ञानप्रदायक ठाउँको रुपमा मस्तिष्कमा चित्र बन्छ । त्यहाँ भएका सबै विद्यार्थी र शिक्षक बेग्लै अनुशासनमा हुनुपर्छ भन्ने धारणाको विकास हुने गरेको छ । कसैले अनुशासनहिन कामगर्न नपाउँने ठाँउको रुपमा चिनिएको विद्यालयको शिक्षककै अनुशासन भएन भने के गर्ने रु यो प्रश्नको जवाफ यही हुनसक्छ कि त्यहाँ अध्यनरत विद्यार्थीमा पनि अनुशासनको कमी हुने छ ।
यही अवस्था देखिएको छ सो विद्यालयमा । १० बजेभन्दा पहिले आउनुपर्ने कार्यालय सहयोगी पनि १०ः३० बजेपछि मात्र आएर ढोका खोल्ने गरेका छन् भने शिक्षकहरुको मनोरञ्जन गर्ने थलो बनेको छ । जती बेला मन लागे आउने र जे मन लागे त्यही गर्ने त्यहाँका शिक्षकहरुको प्रवृतीनै बनेको छ । नेपाल सरकारको नियमानुसार कुनैपनि शिक्षणसंस्थाको वरीपरी वा भित्र सुर्तीजन्य पदार्थको बेचबिखन वा सेवन गर्न पाइदैन । त्यस्तो गरेको पाइए कानुनी कारबाही हुने छ । तर,त्यहाँका शिक्षकहरु पान खादैं कक्षाकोठमा प्रवेश गर्छन र पान खादैं कक्षा सञ्चालन गर्छन ।
दक्षता नभएको प्र.अ
विद्यालयको यी सब अवस्थाबारे त्यहाँका प्रधानाध्यापक कुमारी विभा यादव अन्जान भने छैनन् । उनलाई आफु प्रअ रहेको विद्यालयको सबै अवस्थाबारे मज्जाले जानकारी छ । तर उनी आफैमा दक्षताको कमी रहेको प्रष्ट देखिन्छ । आधारभुत तहसम्मका विद्यालय हाक्न् नसक्ने प्रअको दक्षता कस्तो होला रु यो प्रश्न आम जनताले गर्न थालेका छन् । प्र।अकै आखाँ अगाडि विद्यालयको यो दुर्गती हुदाँ समेत केही गर्न नसक्नु दर्भाग्यपुर्ण अवस्था हो ।
कुमारी विभा यादव,प्रधानाध्यापक
आफ्नो दक्षतामाथि प्रश्न उठ्न थालेपछि प्र।अले सबै गल्ती स्थानीय तहको भएको दाबी गरिरहेकी छिन । उनले विद्यालयमा भौतिक संरचनाको अभाव भएको स्थानियतहले विद्यालयलाई सौताको व्यवहार गरेको जानकारी दिइन । उनीले विद्यालयको आर्थिक अवस्था कम्जोर भएको कारणले पर्याप्त भौतिक संरचना तयार पार्न नसकिएको बताइ्न ।
एउटै कक्षाकोठा मा दुईवटा कक्षाको विद्यार्थी राखेर पढाउने गरिएको त्यहाँका स्थानीहरुले जानकारी दिएका छन् ।
विद्यालयमा आर्थिक चलखेल
प्र।अ कुमारी विभा यादवकी अनुसार स्थानिय तह बाट आर्थिक रुपमा कुनै सहयोग हुने गरेको छैन । विद्यालयको संरक्षकको रुपमा रहेको स्थानीयतहले आवश्यक पहल नगर्दा विद्यालयको अवस्था झन खराब बन्दै गएको देखिन्छ । यता श्रोतले दिएको जानकारी अनुसार सो विद्यालयको पूर्व प्र।अ। महिचन्द्र यादव र उनको कार्यकालमा रहेको विद्यालय व्यवस्थापन समिती को अध्यक्ष बालेश्वर यादव मिलेर आर्थिक हिनामिना गरेको पाइएको छ । स्थानीय तहले हिनामिना भएको रकमको हरहिसाब नमिलेसम्म बजेट नदिने अडान लिएको छ । श्रोतका अनुसार उनीहरुले ६ लाख ७० हजार रुपैंया हिनामिना गरेको बुझिएको छ । यता प्र।अ। यादवको कुरालाई आधार मान्ने हो भने विद्यालयको स्तारोन्नति नहुनुमा अख्तियारको पनि भुमिका रहेको छ । आफ्नो व्यक्तिगत लागतमा संरचना निर्माण गर्न खोज्दा अख्तियारले रोक लगाएको बताइन् । विद्यालयमा शिक्षक शिक्षिका देखि विद्यार्थी सम्म कसैको पोशाक छैन।
यता तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिएको छ ।
Discussion about this post