• pradeshpoint
  • Pradeshpoint
Sunday, May 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बालबालिकाहरू घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने वाध्यतामा

नयाँ नीति निर्देशन र पहलकदमीहरू हावाका महलजस्ता देखिए

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र २४ गते, २०:०९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बालबालिकाहरू घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने वाध्यतामा
41
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । शैक्षिक गुणस्तरको परिभाषा आ–आफ्नै भए पनि नेपालको सरकारी विद्यालयको गुणस्तर कमजोर छ भन्ने कुरामा नीति निर्माता, शिक्षाकर्मी, उच्चप्रशासन कसैको विमति छैन । सरकारले जतिसुकै लगानी गरे पनि सरकारी विद्यालयको नतिजा हेर्दा ती लागानी बालुवामा पानी खन्याए जस्तो भइरहेको छ ।

नयाँ नीति निर्देशन र पहलकदमीहरू हावाका महलजस्ता देखिएका छन् । असल नियतले लागू गरिएका योजना र कार्यक्रमहरू कामयावी हुनसकेका छैनन् । समस्या कहाँनेर हो, कसको कति जिम्मेवारी हो, वस्तुपरक रूपमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्नेभन्दा पनि सरोकारवालाबीच एक आपसमा पूर्वाग्रह ग्रसित आरोपप्रत्यारोपको लामो शृंखला गुज्रिसकेको छ ।

तर, समस्या झन जटिल बन्दै गएको छ । अझै पनि कतिपय अति दुर्गम ठाउँहरूका बालबालिकाहरू घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने वाध्यतामा रहेको छ । उनीहरूलाई शिक्षाको विश्वव्यापी नाराहरूले छुन समेत सकेको छैन तर सरकारी विद्यालयको ठाउँमा निजी विद्यालयप्रतिको आकर्षणले गर्दा सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या दिन प्रतिदिन घट्दै गएको छ । अधिकांश सरकारी विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरू आफ्नो विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना र कार्यक्रम निर्माण गर्नेभन्दा पनि भवन र चर्पीकै माग लिएर जिल्ला शिक्षा कार्यालय धाउने प्रवृत्ति चलिआएको छ ।
घटना के हो ?

त्यसतै अवस्था छ प्रदेश १ को सरकारी विद्यालयहरुको स्तरोन्नति गर्ने भनी करौंडो रकम मन्त्रालयहरुबाट खर्च भए पनि ति रकमहरु शहर केन्द्रित मात्र बनेको देखिन्छ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका वडा नं २ मा रहेको श्री रामजानकी आधारभुत विद्यालयको अवस्था पनि डरलाग्दो छ । आधारभुत तहको विद्यालय थप जिम्मेवार र अनुशासीत हुनुपर्ने मान्यता देखिएको छ । बालबिकास देखि कक्षा ५ सम्म पढाई हुने यस्ता विद्यालयहरु लापरबाह हुदा विद्यार्थीको भविष्यमाथि ठुलो असर पर्नसक्छ ।

बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीले आफ्नो जग बनाउने स्थान भनेकै बालविकास या भनौं आधारभुत विद्यालयमा हो । तर,त्यहाँका शिक्षक र जिम्मेवार व्यक्ती नै लापरबाह भए भने नतिजा के होला रु त्यहाँका स्थानीको मनमा चलिरहेको प्रश्न यही हो ।

देवानगंज गाउँपालिका वडा नं २ मा रहेको श्री रामजानकी आधारभुत विद्यालयमा बेथिती नै बेथिति मौलाएको छ ।
३ जना शिक्षक , बालविकासका २ जना र १ जना कार्यालय सहयोगी गरि जम्मा ६ जनाको दरबन्दी रहेको सो आधारभुत विद्यालयमा कुल विद्यार्थी सङख्या १ सय ८ रहेको विद्यालय तथ्याङ्कले देखाएको छ ।

कार्यालय सहयोगीले गर्ने काम स्कुलका विद्यार्थीले गर्दै
सरकारी विद्यालयको नियमानुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन हुनुपर्दछ । तर,यो विद्यालयको अवस्था र समयतालिका फरक देखिएको छ । नागरिक अभियान डटकमले गरेको सर्भे अनुसार यो विद्यालय विहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म मात्र खुल्ने गरेको पाइएको छ । १ सय ८ जना जम्मा विद्यार्थी भएको सो विद्यालयमा बढीमा १० जना विद्यार्थीको उपस्थिती हुने गरेको पाइएको छ । विद्यार्थी विद्यालय नआउनुको कारण त्यहाँका प्रअलाई समेत थाहा छैन ।

अव्यवस्थित कक्षाकोठा
शिक्षण संस्था भन्ने बित्तिकै एक अनुशासन र ज्ञानप्रदायक ठाउँको रुपमा मस्तिष्कमा चित्र बन्छ । त्यहाँ भएका सबै विद्यार्थी र शिक्षक बेग्लै अनुशासनमा हुनुपर्छ भन्ने धारणाको विकास हुने गरेको छ । कसैले अनुशासनहिन कामगर्न नपाउँने ठाँउको रुपमा चिनिएको विद्यालयको शिक्षककै अनुशासन भएन भने के गर्ने रु यो प्रश्नको जवाफ यही हुनसक्छ कि त्यहाँ अध्यनरत विद्यार्थीमा पनि अनुशासनको कमी हुने छ ।

यही अवस्था देखिएको छ सो विद्यालयमा । १० बजेभन्दा पहिले आउनुपर्ने कार्यालय सहयोगी पनि १०ः३० बजेपछि मात्र आएर ढोका खोल्ने गरेका छन् भने शिक्षकहरुको मनोरञ्जन गर्ने थलो बनेको छ । जती बेला मन लागे आउने र जे मन लागे त्यही गर्ने त्यहाँका शिक्षकहरुको प्रवृतीनै बनेको छ । नेपाल सरकारको नियमानुसार कुनैपनि शिक्षणसंस्थाको वरीपरी वा भित्र सुर्तीजन्य पदार्थको बेचबिखन वा सेवन गर्न पाइदैन । त्यस्तो गरेको पाइए कानुनी कारबाही हुने छ । तर,त्यहाँका शिक्षकहरु पान खादैं कक्षाकोठमा प्रवेश गर्छन र पान खादैं कक्षा सञ्चालन गर्छन ।

दक्षता नभएको प्र.अ
विद्यालयको यी सब अवस्थाबारे त्यहाँका प्रधानाध्यापक कुमारी विभा यादव अन्जान भने छैनन् । उनलाई आफु प्रअ रहेको विद्यालयको सबै अवस्थाबारे मज्जाले जानकारी छ । तर उनी आफैमा दक्षताको कमी रहेको प्रष्ट देखिन्छ । आधारभुत तहसम्मका विद्यालय हाक्न् नसक्ने प्रअको दक्षता कस्तो होला रु यो प्रश्न आम जनताले गर्न थालेका छन् । प्र।अकै आखाँ अगाडि विद्यालयको यो दुर्गती हुदाँ समेत केही गर्न नसक्नु दर्भाग्यपुर्ण अवस्था हो ।

कुमारी विभा यादव,प्रधानाध्यापक
आफ्नो दक्षतामाथि प्रश्न उठ्न थालेपछि प्र।अले सबै गल्ती स्थानीय तहको भएको दाबी गरिरहेकी छिन । उनले विद्यालयमा भौतिक संरचनाको अभाव भएको स्थानियतहले विद्यालयलाई सौताको व्यवहार गरेको जानकारी दिइन । उनीले विद्यालयको आर्थिक अवस्था कम्जोर भएको कारणले पर्याप्त भौतिक संरचना तयार पार्न नसकिएको बताइ्न ।

एउटै कक्षाकोठा मा दुईवटा कक्षाको विद्यार्थी राखेर पढाउने गरिएको त्यहाँका स्थानीहरुले जानकारी दिएका छन् ।

विद्यालयमा आर्थिक चलखेल
प्र।अ कुमारी विभा यादवकी अनुसार स्थानिय तह बाट आर्थिक रुपमा कुनै सहयोग हुने गरेको छैन । विद्यालयको संरक्षकको रुपमा रहेको स्थानीयतहले आवश्यक पहल नगर्दा विद्यालयको अवस्था झन खराब बन्दै गएको देखिन्छ । यता श्रोतले दिएको जानकारी अनुसार सो विद्यालयको पूर्व प्र।अ। महिचन्द्र यादव र उनको कार्यकालमा रहेको विद्यालय व्यवस्थापन समिती को अध्यक्ष बालेश्वर यादव मिलेर आर्थिक हिनामिना गरेको पाइएको छ । स्थानीय तहले हिनामिना भएको रकमको हरहिसाब नमिलेसम्म बजेट नदिने अडान लिएको छ । श्रोतका अनुसार उनीहरुले ६ लाख ७० हजार रुपैंया हिनामिना गरेको बुझिएको छ । यता प्र।अ। यादवको कुरालाई आधार मान्ने हो भने विद्यालयको स्तारोन्नति नहुनुमा अख्तियारको पनि भुमिका रहेको छ । आफ्नो व्यक्तिगत लागतमा संरचना निर्माण गर्न खोज्दा अख्तियारले रोक लगाएको बताइन् । विद्यालयमा शिक्षक शिक्षिका देखि विद्यार्थी सम्म कसैको पोशाक छैन।

यता तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिएको छ ।

Tags: घण्टौं हिँडेर विद्यालयपुग्नुपर्ने वाध्यतामाबालबालिकाहरू

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist