इनरुवा । सुनसरीको विभिन्न रामनवी मन्दिर तथा धार्मिक स्थलहरुमा आज रामनवमी पर्वको अवसरमा पूजा आराधना गरी मनाईदैँछ ।
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी विभिन्न शक्तिपीठहरुमा पुजा आरधाना गरी मनाउन लागिएको हो ।
कोरोना भाइरसको महामारीले सुनसरीमा समेत जिल्ला प्रशासन कार्यालय सुनसरीले भिडभाड नगर्ने भनी निर्णय समेत गरेपनि ग्रामिण भेगमा भने अहिले दशैँ मनाउन लागेका छन् ।
सुनसरी जिल्लाको ग्रामिण क्षेत्र इनरुवा, बराहक्षेत्र, रामधुनी, दुहवी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु , गढी र कोशी लगायतका पालिकाहरुमा रहेका राममन्दिरमा आज विहानै देखी भक्तजनहरु लाइन लागेर पुजा आरधाना गर्ने गरी तयारी गरेको रामनवी मन्दिर व्यवस्थापन समिति भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का अध्यक्ष कृषाराम मेहताले जानकारी दिए ।
मेहताका अनुसार सुनसरीमा कोभिड १९ को संक्रमन निरन्तर बढ्दै गएपछि समान्य पुजापाठ गरी रामनवी मनाउन लागिएको बताए ।
उनले भने यस वर्ष रामनवमीका अवसरका मन्दीरमा भक्तजनहरुको हुल जाने अवस्था नरहेको हुनाले सामाजिक दुरीको ख्याल राख्दैँ, स्वास्थ्य मापदण्ड अनिवार्य अपनाई मन्दिर भित्र श्रद्धा पूर्वक रामको पूजा गर्ने व्यवस्था मिलाएको बताए ।
यता त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गर्ने परम्परा रहेको पण्डित राधारमण दासले जानकारी दिए ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
Discussion about this post