• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन , यस्ता छन् विशेषता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख ११ गते, १५:४७ बजे प्रकाशित
in Uncategorized
प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन , यस्ता छन् विशेषता

;'gwf/fdf gjlgld{t w/x/f sf7df8f}F, !) j}zfv M ;'gwf/fdf gjlgld{t w/x/f . oxL j}zfv !! ut] zlgaf/ cf}krfl/s ?kdf o;sf] pb3f6g ug]{ sfo{qmd 5 . lj;+= @)&@ j}zfv !@ ut]sf] e"sDkaf6 k"0f{ ?kdf Iflt ePsf] w/x/fsf] glhs of] lgdf{0f ul/Psf] 5 . t:jL/ M /Tg >]i7, /f;;

36
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं –  ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गर्ल्यम गुर्लुम ढल्यो। शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए। कति त माथि नै थिए। तीमध्ये ६० जनाले जीवन गुमाए। सयौँ मानिस घाइते भए। उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लाग्यो। ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ।

२०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण सुरु गरेको थियो। पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ। अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा संगीतमय फोहरासमेत बन्नेछ। जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ।

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए। धरहराको शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए।

धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ। जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ। भीमसेन थापाले वि।सं। १८८२ सालमा बनाएको धरहरा  – भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ। धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ। सुन्धारामा २४सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना रहेको सचिव गेलालले बताए।

धरहराका विशेषता

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ। जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ। समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कुल लागत तीन अर्ब ४८ करोड रूपैयाँ रहेको जानकारी पनि उनले दिए।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३।८५ मिटर छ। भूमिगत तलासहित ९२।२५ मिटर हुन्छ। धरहराभित्र दुई लिफ्ट राखिएको छ। लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन्। लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ। धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २।५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ। बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ। धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ।

धरहराको इतिहास

वि।सं। १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१।८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाउनुभएको इतिहास छ। विसं। १९१३ मा बज्र ९चट्याङ० ले भत्केपछि वि।सं। १९२३ मा धरहराको जीर्णोद्वार गरिएको थियो।

वि।सं। १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो। पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो।

यो धरहराभन्दाअघि वि।सं। १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए। त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो। वि।सं। १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।

Tags: ओलीले गरेधरहराको उद्घाटनप्रधानमन्त्रीयस्ता छन् विशेषता

Related Posts

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
Uncategorized

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय...

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist