इटहरी इटहरी आसपासमा दिनभरी विद्युत आउँछ तर भोल्टेज नआउँदा सर्वसाधरणहरुले हैरानी बेहोर्नु परेको छ । पूर्वी तराई क्षेत्रमा प्रचण्ड गर्मीमा बत्ती समेत राम्ररी नबल्ने गरि भोल्टेज आउने गरेको छ । तरहरा क्षेत्रमा फ्यान,फ्रिज तथा एसी चल्नै सकेको छैन । सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा गर्मीयाममा सर्वसाधरणहरुले सास्ती बेहोर्नु परेको हो ।
तराईमा गर्मी बढेसँगै विद्युत माग बढेको तर त्यही क्षेत्रमा भोल्टेजको समस्या बढेको सर्वसाधरणहरुले बताएका छन । विहानै देखि टन्टालापुर घाम लाग्ने गरेको छ । तातो हावा चल्ने गरेको छ । कम भोल्टेजको कारण पंखा, एसी,मोटर,फ्रिज जस्ता विद्युतीय उपकरण नचल्ने, वत्ति पनि मधुरो बल्ने गरेको तरहराका स्थानीयबासी राजेश बन बताउँछन । दिनभरी अत्याधिक गर्मी हुन्छ तर पंखा समेत नचल्दा साह्ै समस्या भईरहेको छ बन भन्छन् ।
गर्मीयाम बढेसँगै विद्युत अपडाउन हुदा सर्वसाधरणहरुले हैरानी बेर्होनु परेको छ । विजुली जादै आउँदै गर्दा सर्वसाधरणहरु समस्यामा परेका छन । एकदमै कम भोल्टेज आउने र पटक–पटक अपडाउनको समस्याले गर्र्मीमा सबै भन्दा समस्या हुने गरेको इटहरी १९ की सरिता गुरुङले बताईन । घरको फ्रिज तिन देखि भोल्टेज समस्याले चलेको छैन उनले भनिन् । बेलुका अत्याधिक गर्मी भए पनि पंखा घुम्नै सक्दैन उनले भनिन् ।
विगतका वर्षहरुमा जस्तो विद्युत आपूर्तिमा समस्या देखिएको छैन । तर लाइन आउँने जाने समस्या भने बढि रहेको सर्वसाधरण बताउँछन । आपूर्तिमा देखिएको समस्या सुल्झिँदा भोल्टेजमा विगतको तुलनाभन्दा बढी समस्या देखिएको छ । पंखा घुम्छन हावा दिँदैनन इटहरी १९ कै भूपू लाहुरे दिलप्रसाद राईले भने । दूई दिन सम्म त फ्रिज पनि चलेन उनी भन्छन् । पंखाको घुमाई भनि साध्य छैन । बत्तिको महसुल बढाउन बाहेक अरु काम छैन ।
कम विद्युत भोल्टेजले एकातिर विद्युतिय उपकरण विग्रने समस्या छ भने अर्कातर्फ अत्याधिक गर्मीले सास्ती भोग्नुपर्ने अवस्था छ ।’–‘इटहरी २० का ब्यावसायी मदन बस्नेतले भने । विद्युतको समस्या साह्ै धेर भयो बस्नेतले भने । लाईन अपडाउन हुदा विद्युत महसुल समेत बढि हुने गरेको व्यवसायी बस्नेत बताउँछन । केहि दिन देखि लाईनको अत्यन्तै समस्या भईरहेको भन्दै यस तर्फ सम्बन्धीत पक्षले ध्यान दिनु पर्ने उनको माग छ । भोल्टेजको कारण कम्युटरहरु समेत विग्रने गरेको छ बस्नेत भन्छन् ।
भारतबाट आयातीत विद्युत आपूर्ति गर्नु पर्दा गर्मीमा भोल्टेजको समस्या देखिएको हो । भारतबाट आउने विद्युतमा १३२ केभी भोल्टेज आउनु पर्ने भए पनि अहिले १२५।।१२६ केभी भोल्टेज मात्र आउदा समस्या भएको विद्युत प्राधिकरण इटहरीका सुपरभाईजर रितेश झाले जनाए । भारतबाट आउने भोल्टेजनै कम भएको कारण अहिले भोल्टेज अप डाउनको समस्या भईरहेको छ उनी भन्छन् । भोल्टेज अप डाउनको समस्या भईरहेको झाको भनाई थियो ।
Discussion about this post