इटहरी / तरुण दल इटहरी १९ वडा समितिले कोरोना महामारी बढ्दै गएको भन्दै आज इटहरी १९ मा स्वास्थ्य सामाग्री वितरण गरेको छ। सफारीमा स्वास्थ्य सामाग्री बोकेर सर्वसाधरणलाई वितरण गर्दै हिडेको हो ।
स्थाइ प्रहरी चौकी लगायतका ठाँउमा सेनिटाइज दिएको तरुण दल इटहरी १९ का अध्यक्ष मदन पुरीले जनाए। कोरोनाको दोस्रो महामारी बढेको कारण सबैलाई सचेत गराउन मास्क लगायतको सामाग्री टोल टोलमा पुगेर दिएको अध्यक्ष पुरी बताउँछन ।
समितिका सचिव नवराज पुरीका अनुसार हिजो र आज गरेर करिव पाँच हजार माक्स वितरण भईसकेको छ । टोलमा पुगेर मास्क सेनिटाइज दिने योजना अनुसार दिएको हो । इटहरी १९ का वडा सभापति दुर्गा पौडेल लगायतको उपस्थितिमा कार्यक्रम गरिएको सचिव पुरीले बताए।
Discussion about this post