इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा थोरै बजेटमा धेरै विकासको काम हुन थालेपछि केही प्रतिपक्षीहरु अतालिएको स्थानीयबासीहरुले बताएका छन् ।
सयौँ वर्षदेखी निर्माणको काम नभएको हिलो र धुलो अनि खोला र नाला बगेको बाटोमा ग्राइभेल र कालोपत्रे सम्मको काम भएपछि त्यसको विरुद्धमा स्थानीय तहको निर्वाचनमा पराजीत केही पात्रहरु स्वार्थ पूर्तिका लागि लागेको र अतालिएको भोक्राहा नरसिंह वार्ड नं. ७ का स्थानीयहरुले बताएका छन् ।
गाउँपालिकामा काग्रेँसबाट उपेक्षित भएर सवतन्त्रको नाममा चुनाव लडेर आफ्नो जातीको भोटमा सिमित भएर पराजीत भएका आफुलाई डाक्टर भन्न रुचाउने इस्राइल मंसुरीले विकास विरोधि अभियान चालेको रह्ष्य बाहिर आएको छ ।
गाउँपालिकाको २ वटा माध्यमिक विद्यालय रहेकोमा ४ वटा माध्यमिक विद्यालय बनाएको, २ वटा स्वास्थ्य चौकी रहेकोमा ८ वटा स्वास्थ्य संस्था बनाएको र जीर्ण रहेको सडक बाटोमा ४० किलो मिटर ग्राइभेल तथा उच्च स्तरीय ग्राइभेल गरेको केही किलोमिटर कालोपत्रे समेत सम्पन्न गरी केही ठाउँमा कालोपत्रे समेतको थप काम जारी रहेकोमा अतालिएर मंसुरीले केही व्यक्ति र एक भाडाका पत्रकारलाई प्रयोग गरेर विकास विरोधि अभियान चलाएको गाउँबासीको दावी रहेको छ ।
मंसुरी चुनावमा पराजीत भएपछि आफ्नो कुण्ठा साध्नका लागि र अर्को चुनावमा आफु जसरीपनि लड्ने रणनीति सहित गलत मनसायका साथ विकास विरोधि अभियानमा लागेको खुलेको छ । चार वर्षदेखी चायको चुई नबोलेको मंसुरी भोक्राहा नरसिंह गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण हुन लागेपछि अतालिएर वर्षा सुरु भएको मौकामा एक जना भाडाका पत्रकार र आफ्नो आसेपासेलाई लिएर निर्माण स्थल पूगी काँचो सिमेन्ट र मसाला उठाएर कमसल कामको हल्ला फैलाएर सस्तो लोप्रीयता कमाउन लागेको एक स्थानीयले दाबी गरेका छन् ।
मंसुरीले शिक्षा ,स्वास्थ्य , सडक र कृषि तथा पशु क्षेत्रमा भएको विकासको बारेमा एक शब्द नबोलेका उनी एकाएक गाउँपालिकाको विरुद्धमा अभियान सुरु गरेपछि स्थानीयले
उनको व्यक्तिगत स्वार्थ पुर्तिको लागि विकास विरोधि अभियान चलाएको प्रस्ट भएको छ ।
मंसुरीले आफ्नो क्षेत्रमा हुने विकासका काममा राम्रोलाई राम्रो , नराम्रोलाई नराम्रो भन्नका लागि आट हुनुपर्नेमा त्यो नगरी आफ्नो व्यक्तिगत स्वार्थ सिद्धीका लागि पछिल्लो पटक भवन निर्माण अवरोधमा जुटेकोे पाइएको छ ।
गुणस्तरीय काम नभएको बेला सचेत गराउनु र सुझाव दिनु अनी सुधारका लागि प्रयास गर्नु नागरिकको दायीत्व नै हो । तर आफु सस्तो लोकप्रीयता र प्रचारबाजीका लागि भाडाका पत्रकार सहित निर्माण अवरोधमा लागेपछि उनको भित्री रह्ष्य पर्दाफास भएको छ ।
उनले प्रयोग गरेको भाडाका पत्रकारले उल्लेख गरेकोे समाचारमा झिनो मतले जराजीत मंसुरीको प्रतिकृयाले नै उनको भित्री प्रस्ट भएको छ ।
यता भोक्राहा नरसिंह गाउँपालिकाको प्रशासनीक काम भाडाको भवनमा सञ्चलान भइरहेकाले भाडाको आर्थिक भार घटाउने र आफ्नै भवनबाट स्थानीय सरकारको काम संचालन गर्ने उदेश्यले काम गर्न ठेक्कामा भवन निर्माणको काम दिएकोमा त्यसको विरुद्धमा पनि मंसुरी र उनका आसेपासे लागेपछि विकास विरोधि कार्यको खुलाशा भएको हो ।
गाउँपालिकाको प्रत्येक कामको गुणस्तरीयता पारदर्शीता र जवाफदेहीताको विषयमा सबै नागरिकलाई जान्न र सोधखोज गर्न अधिकार नै रहेकोमा त्यसलाई समेत वेवास्ता गरी मौकामा चौका भन्ने जस्तै मंसुरीले आफ्नो स्वार्थ सिद्धीका लागि विकास विरोधि काममा सकृय रहेको खुलेको छ ।
यसैबीच गाउँपालिका भवनकोे निर्माण कार्य जगबाटै सुरु भएको र स्टिमेट अनुसारकै काम भएको ठेकेदार कम्पनीले दाबी गरेको छ ।
उता विकास विरोधिहरुको कामै बन्द गर्ने गलत नियत रहेको पाइएपछि गरिएको ल्यव परिक्षण रिपोर्टमा समेत काम योजना अनुसारकै भएको प्रमाणित भएको छ ।
काममा स्तरीयता रहेको र पानी परेकाले इटाको कलर समान्य बदली भएको तर गुणस्तरीयतामा कुनै कमी नरहेको परिक्षण रिपोर्टले देखाएको छ ।
यता मंसुरीले भने आफुले पालिका भवनको गुणस्तरीयतामा मात्र जोड दिएको बताए । भने मलाई बदनाम गर्न केही व्यक्ति हावी रहेको प्रतिकृया दिएका छन् ।
Discussion about this post