इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कोरोना संक्रमण बढेको र केही व्यक्तिहरुको निधन समेत भएकाले तिन वटा वडाहरुलाई आज साँझ ६ बजे देखी लागु हुने गरी सिल गरिएको छ ।
गाउँपालिकाको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्णय अनुसार तिन वटा वडाहरुलाई पूर्ण रुपमा सिल गर्ने भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले जेष्ठ ६ गते गरिएको पीसिआर टेष्ट परिक्षणबाट अत्याधिक संख्यामा कोरोना पोजेटिभ देखिएकाले वडा नम्बर १ , २ र ४ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
बैठकले वडाको क्षेत्रलाई सिल गरि चिरौँली चौक देखी उत्तर वडा नम्बर १ को प्रकाशपुर नहर सम्म र वडा नम्बर १ को पूर्ण भुभाग क्षेत्रलाई सिल गर्ने सुरक्षा व्यवस्थालाई बढी भन्दा बढी क्रियाशिल बनाउने हाट, बजार , पसल भिडभाड लगायतका सम्पूर्ण कार्य बन्द गर्ने तथा पीसिआर पोजेटिभ भएकाहरुको घरघरमा गई स्वास्थ्य परामर्श दिने स्वास्थ्य अवस्थाको लागि लेखाजोखा गर्ने र घरमा पनि सेनिटाइज गर्ने निर्णय गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक हारुण अंसारीले बताए ।
वडाहरु सिल गरिएकाले त्यसको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई आग्रह समेत गरिएको बताइएको छ ।
Discussion about this post