इनरुवा । कोरोना महामारीको बीचमा अक्जिन अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबी सुनसरीकी अध्यक्ष भगवती चौधरीले इनरुवा अस्पताल सुनसरीलाई चार थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
चौधरीले इनरुवा अस्पतालका मेडिकल रेकर्ट अधिकृत लोकेन्द्र आचार्यलाई चार थान ठूला ४७ लीटरबाला अक्सिजन सिलिंडर हस्तान्तरण गरेको हो । उनले आफनो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको बताइन । अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनासले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा संक्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताइन । फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी विपि प्रतिष्ठान धरानलाई ५० थान, कोशी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेका छन ।
Discussion about this post