इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ मा रहेको सजिलो कृषि सहकारी लिमिटेडले फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मीहरुलाई माक्स, सेनिटाइजर र फेस सिल्ड वितरण गरेको छ ।
कृषि सहकारीका अध्यक्ष तथा नेपाल मुस्लिम संघ प्रदेश नं.१ का सभापति इस्राइल मंसुरीले कोरोना महामारीको बेला दिनरात काम गर्ने सुरक्षाकर्मीहरुलाई बिहीबार माक्स, सेनिटाइजर र फेस सिल्ड वितरण गरेको स्थानीय जमालउद्धिन मंसुरीले जानकारी दिए ।
स्थानीय जमालउद्धिनका अनुसार कोरोना माहामारीको बेला आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने सुरक्षाकर्मीहरुलाई भ्याए सम्म तत्काल सजिलो सहकारीले सहयोग गरेकोे बताए ।
उनले भने भोक्राहा नरसिंह गाउँवासीहरुको सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मीहरुलाई कोरोना भाइरस (कोभिड १९) बाँच्नका लागि तत्काल माक्स, सेनिटाइजर तथा फेस सिल्ड वितरण गरेको छ ।
सहकारीले इलाका प्रहरी कार्यालय लौकही, स्थायी प्रहरी चौकी अकाहा, अस्थायी प्रहरी चौकी उल्टी र सुनसरी अपांग संघ भोक्राहा नरसिंह गाउँ कमिटीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।
Discussion about this post