सुरेन्द्र मेहता – इनरुवा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक बीउ स्रोत केन्द्रको भवन (गोदाम ) निर्माण कार्य सम्पन्न भएको छ । संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना इकाई सुनसरी अन्तर्गत जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ स्थित अकाहामा बीउ स्रोत केन्द्रको भवन (गोदाम )निर्माण कार्य सम्पन्न भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नम्बर २ अकाहा बजार देखि पश्चिम कृषि बाटोको छेउमा किसानलाई लक्षित गरेर भवन (गोदाम )को निर्माण गरेको बताएको छ ।
किसानहरुले स्थानीयस्तरमा उन्नत जातको बीउ बिजन उत्पादन गर्नुका साथै उत्पादन भएको बिउ बिजनलाई प्रसोधन गरेर किसानलाई नै बिउ सहज तवरले आपूर्ति गर्ने उदेश्यका साथ भवनको निमार्ण गरिएको हो । स्थानीय कृषक समूहले उत्पादन गरेको बीउ किसानहरुलाई बीउ व्यावसायिककारण गर्ने र किसानहरुलाई कृषिमा उत्साह थप्न तथा उकासन, कृषि पेशामा आधारित कृषकलाई उन्नत जातको बिउ उत्पादन गर्न सहज हुने भएको छ । राष्ट्रिय स्तरको बजार पूर्वमा काकड्िभता देखि पश्चिममा चितवनसम्म यहाँ उत्पादन भएको विउँ बिक्रीवितरण भइरहेको कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन समूहका अध्यक्ष चन्दन मेहताले जानकारी दिए ।
गोदामका लागि ४ कठ्ठा जग्गा १५ बर्षका लागि वार्षिक छ हजार रुपैँयाका दरले कुशवाहा तरकारी तथा बिज वृद्धि उत्पादन समूहले स्थानीय डोमनीदेवी मेहतासगं भाडामा लिएको कुशवाहा कृषक समूहका अध्यक्ष चन्दन मेहताले जानकारी दिए । भवन निर्माणका लागि कृषि आधुनिकीकरण परियोजनाको ३० लाख रुपैँया, समूहको आन्तरीक लगानी २८ लाख ९ सय ८२ रूपैँया २२ पैसा र भोक्रहा नरसिंह गाउँपालिकाको ३ लाख रुपैँयाको लागतमा बीउ गोदामको निर्माण कार्य समपन्न भए लगतै बिउ बिजन उत्दपान र प्रसोधनको कार्य सञ्चालन गर्ने भएको समूह अध्यक्ष मेहताले जानकारी दिए ।
Discussion about this post