उर्लाबारी – मोरङको उर्लाबारी नगरपालकिाकाले ९ वटै वडाको सिलिङ बजेट तोकेको छ । कोरोना संक्रमणका बाबजुद पनि उर्लाबारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै योजना छनोट भइरहेको छ ।
नरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ को वडाका लागि सलिङि तोकेर वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालन गर्न असार ७ गतेसम्म योजना तर्जुमा गरी नगर कार्यपालीकामा पेश गर्न भनीएको छ । नगरपालीकाले आगामी आर्थकि वर्षको लागी वडा १ लाई ९५ लाख, वडा नं २ र ९ लाई ९३र९३ लाख, वडा नं ३, ४ र ६ लाई ९२र९२ लाख, वडा नं ५ लाई ९१ लख, वडा नं ७ लाई ९४ लाख र वडा नं ८ लाई ९७ लाख सलिङि तोकेको हो ।
नगरपालकिाले तोकेको वडा विकास कार्यक्रमको सलिङिमध्ये पूर्वाधार वकिासमा ६८ प्रतशित, सामाजकि वीकासमा १५ प्रतशित, आर्र्थीक विकासमा १० प्रतीशत र वन, वातावरण तथा वीपद् व्यवस्थापनमा ७ प्रतीशत रहने जनाइएको छ ।
कोरोना महामारीका कारण योजना तर्जुमाका लागी गाउँ टोल भेला आयोजन गर्न स्वास्थ्य सुरक्षाको दृष्टीकोणले जोखीमपूणर् हुने देखीएमा स(साना समूहमा छलफल गर्ने, सामुदायीक संस्थाहरुलाई परीचालन गर्ने, सञ्चार तथा सूचना प्रवधिकिो उपयोग जस्ता वीधी प्रयोग गर्न नगरपालीकाले वडालाई नीर्देशन दीएको छ । उर्लाबारी नगरपालीकाको नगरसभा असार १० गते बस्दै छ ।
Discussion about this post