मान बहादुर ठकुल्ला
कैलाली (टीकापुर) / बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीकाे टीकापुर भजनी किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव भए पछि भाैतारिदै मलकाे खाेजिमा हिडिरहेका छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् । किसानहरु स्थानिय स्तरमा रहेका सहकारीहरु धाउँदै हिडन थालेका छन भने काेहि सिमा नाकामा भारतिय मल पाईन्छ कि भनी दाैडिरहेका छन । मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।गहुँ खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् । समय घर्किरहेकाले मलबिनै खेतमा गहुँ छर्न लागेको उनीहरूको भनाइ छ । रासायनिक मलको आशैआशमा समय घर्किंदै गएकाले मलबिनै गहुँ छर्न लागेको टीकापुर नगरपालिका–९ का कृष्णगाेपाल चाैधरीले बताए ।
मलका लागि धेरै दिन सहकारीमा दौडधुप गरेँ, उनले भने । तर, मल नपाएपछि त्यत्तिकै गहुँ छर्न बाध्य भएको छु । सक्ने कैयौँले लुकिछिपी भारतबाट मल ल्याएर खेतमा हालिरहेका छन् । तर, मैले भारतबाट ल्याउन सकेन । यहाँ पनि नपाएपछि त्यत्तिकै गहुँ छरिरहेको छाै।
कात्तिक पहिलो साता आएको बाढीले धानबालीमा नोक्सान गरेपछि कैयौँ किसानले यस वर्ष धान भित्र्याउन पाएनन् । भएको धानबालीमा बाढीले क्षति गरेपछि किसानहरूले गहुँखेती राम्ररी गर्ने सपना देखेका थिए । तर, गहुँ छर्ने सिजनमा रासायनिक मलको चरम अभावले किसानको मन खिन्न भएको छ । धानबालीमा क्षति भएपछि राहत दिने आश्वासन बाँडेको सरकार किसानको समस्याप्रति गम्भीर नरहेको भजनी ५, लालबाेझिका कृषक अर्जुन साउदले गुनासो गरे । उनले रासायनिक मल अभावमा गहुँ छर्न ढिलाइ भइरहेको उल्लेख गरे ।नेपालमा मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् । आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनको भनाइ छ । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको साउँद बताउँछन् ।
अहिले सुदूरपश्चिम प्रदेशभर नै मलको चरम अभाव छ । भैरहवाको प्रादेशिक कार्यालयबाट रासायनिक मल नपठाउँदा समस्या भएको उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक रामकृष्ण चाैधरीले बताए । उनले साउनदेखि नै ताकेता गर्दै आए पनि मल नपठाउँदा गहुँ खेतीको सिजनमा रासायनिक मलको अभाव भएको उल्लेख गरे ।
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारका...














Discussion about this post