इनरुवा। नेपाली कांग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले दुई चिरामा रहेको कांग्रेसलाई एक ढिक्क बनाउनका लागि आफूले केन्द्रिय सदस्यमा उमेदवारी दिने बताउनुभएको छ ।
उहाँले पार्टीको १४ औं महाधिवेसनमा पार्टी पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको र त्यसको असर कांग्रेसको सबै कृयासीलमा देखिएकोले सबैलाई मिलाएर एक ठाउँमा ल्याउनका लागि मेरो उम्मेदवारी केन्द्रिय सदस्यमा हुने बताउनुभयो । नेता कोइरालाले पार्टीको १४ औं महाधिवेसन अन्तर्गत भएको बिभिन्न तहको अधिवेसन सम्पन्न हुदा पार्टी दुई चिरामा बिभाजित भइसकेको बताउनुभयो । पार्टीको वडा, पालिका, प्रदेश, क्षेत्र जिल्ला अधिवेसन र प्रदेशको अधिवेसन सम्पन्न हुदा पार्टीमा गुटका कारण काङग्रेस दुई चिरामा बिभाजित भइसकेकाले पार्टी भित्रका मतदाताले मलाई विश्वास गरेर बिजयी गराएको खण्डमा सबैलाई एक बनाएर गोलबद्ध रुपमा अगाडि बढने उहाँले विश्वास दिलाउनुभयो ।
नेता कोइरालाले पार्टीका शिर्ष नेतृत्वहरुले पार्टीलाई एक ढिक्क बनाएर अगाडि बढाउनु भन्दा गुटगत राजनीतिमा लागेका कारणले आब आफूले गुठलाई अन्त गर्नका लागि आफू महत्वपूर्ण भुमिका निर्वाह गर्ने दाबी गर्नुभयो ।
नेता कोइरालाले पार्टी भित्र युवा, महिला, मधेसी, थारु, अपाङग लगायतका समुहलाई शिर्ष नेतृत्वले अपमान गरेका कारणले त्यस्ता व्यक्तिलाई आफूले सम्मान गरेर अगाडि बढने दाबी गर्नुभयो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post