टीकापुर / कैलालीको खक्राैला नाकाबाट भारतीय प्रहरी बिहीबार नेपालका तीन निकाय छलेर नेपाल प्रवेश गरेको छ ।
बिहीबार अपरान्ह सात बजे खक्राैला नाका हुँदै नेपाल प्रवेश गरेको तथ्य बाहिर आएको छ ।
कुनै पनि भारतीय नागरिक गाडी सहित नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा इन्ट्रि गरेर ताेकिएकाे दस्तुर गरे पछि मात्र नेपाल प्रवेश गर्ने प्रावधान भए पछि विना भन्सार र विना इन्ट्रि नेपाल प्रवेश गरेको बुझिएको छ भने ।भन्सार भन्दा अगाडि विओपि खक्राैलाकाे चेक पाेष्ट र प्रहरी चाैकि कालाकुण्डाकाे चेक पाेष्ट भएता पनि यी दुबै पाेष्टमा विना इन्ट्रि भारतीय प्रहरीको गाडी नेपाल प्रवेश गरेको छ ।
भारतकाे हरियाणा बस्ने ३५ वर्षका भारतीय प्रहरी हवल्दार सुनिल कुमारले चलाएको HR31P8779 नम्बरको सरकारि नम्बरको टाेयाेटा गाडीले टिकापुर ९ राेइनिबाेझि बस्ने वर्ष ४१ का इन्दल कुमार गाेडियालाई टिकापुर ९ झुँगा नजिकैको पिपल बाेट नजिकै ठक्कर दिँदा विना इन्ट्रि नेपाल प्रवेश गरेको कुरा बाहिर आएको हो । से२ प ७२११ नम्बरको सुपर स्प्लेन्डर माेटरसाइकलमा सवार गाेडियालाई साे कारले ठक्कर दिँदा उनको निधार , चिउँडाे र हातमा चाेट लागेको स्थानीयले बताएका छन् । घाइते लाई टिकापुर अस्पताल बाट काेहलपुर रिफर गरिएको अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका जवान देवि धितालले जानकारी दिए । चालक सुनिल कुमार सहित उनको साथमा रहेका प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएर अहिले इलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको उनलेे बताए ।
भारतीय सुरक्षाकर्मी कुन प्रयाेजनमा भन्सार ,नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई छलेर नेपाल प्रवेश गरे भन्ने कुराकाे अनुसन्धान भैरहेको धितालले बताए ।
भारतीय प्रहरीकाे गाडी र घाइते गाेडियाकाे माेटरसाइकल टिकापुर बाट दक्षिण तर्फ गैरहेकाे धितालको भनाइ रहेको छ ।
भन्सार, प्रहरी र शसस्त्र प्रहरीलाई छलेर नेपाल सहजै छिर्दा सम्म जानकारी नहुनु गम्भीर लापरबाही भएको स्थानीयकाे भनाइ रहेको छ ।
देशको सुरक्षाको जिम्मेवारी लिएको संगठन नेपाल प्रहरी र शसस्त्र बाट यस्ता गम्भीर लापरबाही गर्ने सुरक्षाकर्मीलाई हदैसम्मको कार्वाही गरिनुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।
यस बारे जानकारी लिन खाेज्दा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकाेटाले हामीले दुई जना भारतीयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताए ।
Discussion about this post