इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव रिहाइ भएको छ ।
केही महिना अघि विपक्षीहरुले उनलाई सड्यन्त्रपुवक फसाइएपनि आइतबार न्याय पाएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई सड्यन्त्र पूर्वक फसाएको चर्चाको बीचमा सुनसरी जिल्ला अदालतले ढिलै भएपनि न्याँय दिएको छ । सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले ढिलै भएपनि यादवलाई सफाई दिएर न्याँय दिएको हो । आईतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई सफाई दिएको छ । सफाई पाएसगैं यादव गाउँपालिकाको अध्यक्ष पदसगैं अर्को निर्वाचनमा पनि लड्न पाउने भएका छन् ।
सुनसरी जिल्ला अदालतले ढिलै भएपनि न्याँय दिएको भोक्राहा नरसिंह गाउँपालिकाका कानुनी सल्लाहकार पन्चदेव मेहताले जानकारी दिए । अदालतले जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । यादवलाई खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका बलात्ककारको आरोप लगाएको थियो तर अदालतमा २०७८ जेठ ३ मुद्दा फाँट–६ को न्यायधिश टिकेन्द्र दाहालको आदेशमा मुद्धा किनारा नलागेसम्म पुर्पक्षको लागि थुनामा राख्ने काम भएको थियो । त्यसपछि २०७८–०६–१२ स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम, २०७८–०७–२८ गते बहस नोट पेश गर्न लगाउने सहित छ वटा पेशी तोकेको थियो । त्यसमा अन्तिम फैसला गर्दै आईतबार यादवलाई सफाई दिएको अदालतले जनाएको छ ।
उता गाउँपालिका अध्यक्ष यादव रिहाइ भएपछि क्षेत्रिय कारागार झुम्कामा स्वागत गर्ने भिड लागेको छ ।
पालिका अध्यक्ष यादव स्वच्छ छविको भएपनि उनलाई सड्यन्त्रपुर्वक फसाृउनका लागि एक वर्षअघि देखी नै हल्ला थियो । तर सड्यन्त्रकारीहरुले उनलाई फसाउनका लागि विभिन्न सड्यन्त्र रचेपनि सफल हुन सकेको थिएन् ।
Discussion about this post