इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव रिहाइ भएपछि गाउँवासीमा खुशी छएको छ ।
गाउँपालिका अध्यक्ष यादवलाई सड्यन्त्रपुर्वक फसाइएको कारण रुष्ट बनेको गाउँबासीहरुमा अहिले खुशी छाएको भोक्राहा नरसिंह वार्ड नं.७ का स्थानीय सन्तोष मेहताले जानकारी दिए ।
स्थानीय मेहताका अनुसार स्वच्छ छवी भएका निर्दोष व्यक्तिलाई सड्यन्त्रपुर्वक फसाइएका कारण रुष्ट बनेका गाउँवासीमा अहिले खुशी पलाएको बताए ।
गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई सड्यन्त्रपुर्वक फसाउनु अघि गाउँपालिकाको विकासका विभिन्न योजनाहरु अघि सारिएको कारण विकाुस हेर्न नसकेका विकास विरोधि तत्वहरुले उनलाई सड्यन्त्रपुर्वक फसाइएको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.१ का सन्तोष कुमार मेहताको कथन छ ।
गाउँपालिकाको अध्यक्ष यादवले ८ महिना अघि तीन तल्ले गाउँपालिका भवन शिलान्यास, चिरौली चौक देखी दक्षिण भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.६ हुदैँ सुकसेना बसन्तपुर शाखा नहर हुदैँ जनता चौक सम्म करिव ४ किलोमिटरको कालोपत्रे शिलान्यास गरेको देखेपछि विपक्षीहरुले हेर्न नसकेको कारण उनलाई फसाइएको बताए ।
उनलाई सड्यन्त्र पूर्वक फसाएपनि सुनसरी जिल्ला अदालतले न्याय दिएपछि उनलाई भेटन दिनमा हजारौँ स्थानीय गाउँवासीहरु आउने गरेको बताए ।
पालिका अध्यक्ष यादवलाई सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले ढिलै भएपनि सफाई दिएपछि गाउँवासीहरुमा खुशी पलाएको छ ।
जिल्ला अदालत सुनसरीमा छैठौ पटकको पेशीमा दाहालको इजलासले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई आइतबार सफाई दिएको थियो । सफाई पाएसगैं यादव गाउँपालिकाको अध्यक्ष पदसगैं अर्को निर्वाचनमा पनि लड्न पाउने भएका छन् ।
Discussion about this post