इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा आगलागी भएको छ ।
स्थानीय नटाइ यादवको घरमा विद्युत सर्ट भइ आगलागी भएको हुन् सक्ने स्थानीयहरुको अनुमान छ ।
आगलागीमा परेर ६ जनाका घर पुर्ण रुपमा क्षति भएको छ भने ३ जनाको घरमा तोडपोड भएको छ ।
सो आगलागीमा परेर करिव ३० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका जानकारी अनुसार नटाइ यादवको टिनको छाना भएको १ वटा घर जलेर खरानी भएको छ भने विष्णुदेव यादवको गोठ घर र मोटरसाइकल १ थान पुर्ण रुपमा जलेर खरानी भएको छ ।
त्यसैगरी विजय यादवको गोठ घरमा समान्य क्षति भएपनि १ वटा वाछी घाइते भएको छ भने घरमा भित्राएको २ विघाको पराल र धान सँगै लताकपडा सहित जलेको बताएको छ ।
उता भौसाइ यादव आगलागीमा परेर गम्भिर घाइते भएको छ । उनको गोठघर समेत जलेर खरानी बनेको र हल गौरु १ वटा जलेर मृत्यू भएको छ । भने उनकै भाई तेजनारायण यादवको १ वटा घर जलेको बताएको छ ।
त्यस्तै आगलागीमा परेर जितन यादवको टिनाको छानो भएको १ वटा घर, १५ कठ्ठाको धान जलेर नष्ट भएको छ ।
उता आगलागीको त्रासमा परेर छिमेकीको घर समेत तोडफोड गरिएको बताइएको छ ।
छिमेकी अवधनारायण यादव, धमेन्द्र यादव र शिवनारायण यादवको घर आगलागीबाट बचाउँनका लागि तोडफोड गर्दा समान्य क्षति भएको छ ।
Discussion about this post