टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित भानु सामुदायिक पुस्तकालय को सामाजिक परिक्षण सम्पन्न भएको छ ।
पुस्तकालयका उपाध्यक्ष तथा कार्यबाहक पशुपति कर्ण को सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सहकारी सस्थाका अध्यक्ष हरिकुमार कार्की प्रमुख अतिथी रहेको थियो
प्रमुख अतिथी कार्किले लैङ्गिक विभेद समाज परिबर्तन को बाधक भएको बताए ।
कार्कीले पुस्तकालयले रिड नेपाल सङ्ग को साझेदारीमा सन्चालन गरेको ट्याग परियोजना ले किसोरिहरुको क्षमता अभिवृद्धि र आत्मबिस्वास बढेकाे आफुले पाएको बताउनुकाे साथै पुस्तकालय को बार्सिक योजना बनाउन पनि आवश्यक रहेको बताए ।
कर्णाली बहुमुखी क्याम्पस का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ले सस्थाको लेखापरीक्षण को अवस्था संतोषजनक रहेको र पुस्तकालय भन्नासाथ किताब मात्रै पढ्नेहो भन्ने मानसिकता थियो तर भानुपुस्तकालयले सामाजिक क्रियाकलाप मा पनि अग्रणि भुमिका खेलेर समाज परिबर्तन मा योगदान दिएको बताए ।
सत्ती कर्णाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष धनसिह साउद ले आर्थिक पारदर्शिता हुनुपर्नेमा जोड दिए ।पुस्तकालय ले सन्चालन गरेको तालिमलाइ ब्यवहारमा उतारेमा पुस्तकालय को लक्ष्य सफल हुने बताए ।
सत्ती कृषि सहकारी का अध्यक्ष तथा भानु सामुदायिक पुस्तकालय का पुर्ब अध्यक्ष खडक प्रसाद भन्डारी ले समज परिबर्तन मा पुस्तकालय को भुमिका अग्रणि रहेको र सामाजिक विभेद हटाउन पुस्तकालय सधै अगाडि बढ्नुपर्ने बताए ।
ट्याग परियोजना को एरिया अडिनेटर भाग्य श्री बिष्ट ले परियोजना सफलतापुर्बक र संतोषजनक रुपमा अधिबढिरहेकाे र यो परियोजनाको सफलतामा भानु पुस्तकालय का सम्पुर्ण पदाधिकारी , ट्याग गर्ल र को अडिनेटर अनिता धामिको पनि भुमिका रहेको बताए ।
ट्याग गर्ल रेनुका साउद ले लैङ्गिक असमानता र समाबेसिकरण को सिकाइ यो परियोजना बाट सिकेको जानकार दिए ।
ट्याग किशोरी प्रतिभा चौधरी ले लिङ्ग र लैङ्गिकता र समाजमा रहेको कुरिती कुसस्कार को विरुद्ध मा बोल्न सक्नेभएको बताए ।
ट्याग किशोरी माया पान्डे ले कबिता मार्फत समाज परिबर्तन मा युवतीहरुको महत्त्वपूर्ण भुमिका रहने यो परियोजना बाट सिकेको बताए ।
अर्कि ट्याग किशोरी नितिसा धमाला ले समाजमा अझैपनी छोराछोरी बिच मात्रै होइन श्रीमान र श्रीमती बिच पनि विभेद रहेको बताए ।
ट्याग किशोरी भुमिका क्षेत्री ले हिंसा गर्दा प्रतिकार गर्ने यो परियोजना बाट सिकेको र हिंसा र बलात्कार को सिकार हुनबाट बच्न तालिमको समेत ब्यवस्था हुनुपर्ने बताए ।
ट्याग परियोजना का संयाेजक दिपक बैधले स्वागत गर्दै कार्यक्रमको सन्चालन सन्चालन सचिब मनिराम ढुङ्गानाले गर्नुभएको थियो लेखापरीक्षक एकेन्द्र तिमिल्सिनाले प्रतिबेदन प्रस्तुत गरेको थियो ।
Discussion about this post