सुरेन्द्र मेहता
इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतीय सुपर स्टार गायतक तथा भोजपुरी कलाकार खेसारी लाल यादव आउने नाममा सर्वसाधारण सङ्ग २ सय देखि ५ सय रुपैया सम्म लिदै सर्वसाधारण लाई ठगी गरेका छन। भने स्थानीय दर्शकहरुले आक्रोशित हुँदै ४ वटा स्कार्पियोमा आगजनी गरेको हो।
बर्जु गाउँ पालिका ६ चिमडी स्थित रहेको बर्जु तालको खेल मैदानमा पुस २३ गते बाट सुरु भएको महोत्सवमा आज माघ ४ गते खेसारी लाल यादव आउने प्रचारप्रसार गरेका थिए । बढदो कोरोनाको तेस्रो लहर कारण सुनसरी प्रसासनले पुस २७ गते बाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रसासनको नियम लाई अटेर गर्दे सामाजिक विकास केन्द्रको अगुवामा महोत्सव जारी नै रहेका छन। भने भारतीय सुपर स्टार गायकको नाम व्यापक प्रचारप्रसारले महोत्सवको नाममा सर्वसाधारण सङ्ग पैसा ठग्ने गरेका छन। ठगीकै क्रममा खेसारी लाल यादव लाई हेर्न विहाने देखि मान्छेहरुको भिड भाड लागेको भए पनि गायक तथा सुपर स्टार कलाकार खेसारी लाल यादव आउन्न सकेन्न। लास्ट सम्मा सर्वसाधारण ठगिमै परेका छन। यसै क्रममा भारत विहारका गायक कलाकार यादव नआएपछि दर्शकहरु आक्रोसित बन्दै स्टेजमा तोडफोड गरेको हो।
नेपालमा बढदो तेस्रो लहरको कोरोना कारण प्रसासनले महोत्सवमा रोक लगाएको भए पनि प्रसासनको नियम लाई अटेर गर्दे महोत्सव जारी राखेका छन। जारी महोत्सवमा आज माघ ४ गते मंगलबार ११ बजे खेसारी लाल यादवको स्टेज प्रोगरामका लागि प्रचार प्रसार गरेका थिए ।
उक्त स्टेज सो हेर्नका लागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणहरुको भिड तथा जमघट लागेको थियो । दर्शकहरुले विहानको ११ बजे देखि खेसारी लाल यादवको कार्यक्रम हेर्न लाई टिकट काटेर कुर्दै अबेरको ४ बजेसम्मा खेसारी लाल यादव नआएपछि स्थानीय तथा दर्शकहरु आक्रोसित बन्दै स्टेजमा तोडफोड गरेका छन।
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...














Discussion about this post