• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नापी कार्यालय सुनसरी:विचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ १७ गते, १७:३० बजे प्रकाशित
in Uncategorized
नापी कार्यालय सुनसरी:विचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती
85
SHARES
Share on FacebookShare on Twitter

प्रमोद कुमार यादव

इनरुवा । नापी कार्यालय सुनसरीको समग्र अवस्थाको अध्ययन गर्ने हो भने लाग्छ नापी कार्यालय सरकारी नभई विचौलिया र लेखापढीहरुको साझा कार्यालय हो । जहाँ नापी कार्यालयका हरेक कर्मचारीहरुलाई आर्थिक प्रभावमा राखिन्छ ।

सुनसरी सदरमुकाम इनरुवा ३ स्थित रहेको रहेको नापी कार्यालयमा कार्यालय समय सूरु नहुँदै ८०–९० जना भन्दाबढी विचौलिया त्यहाँ आई पुग्छन् । त्यसपछी सूरु हुन्छ, नापी अगाडी सडकसम्म अव्यवस्थीत मोटरसाइकल, साईकल पार्किङ, कोठाहरुमा अस्तव्यस्त कागजातहरु । कतै कर्मचारीलाई भ्याइनभ्याई, कतै हाई काढ्दै बसिरहेका हुन्छन् । यी हुन् सुनसरीको इनरुवामा रहेको नापाी कार्यालय सुनसरीका दृष्यहरु । अझै त्यहाँ सेवाग्राहीहरु आफुले लिने सेवा कहाँबाट कसले दिने सोधीखोजी गर्न तँछाडमँछाड गरिरहेका हुन्छन् । सेवाग्राहीहरुलाई कुन सेवा र कामहरु कहाँबाट कसले सेवा दिन्छ भन्ने कुनै पत्तो हुंदैन । त्यसको सोधीखोजी गर्नकै लागि सेवाग्राहीहरु कहिले बाहिर त कहिले भित्र गरिरहेका हुन्छन् । दैनिक सयौ सेवाग्राहीहरु विभिन्न सेवा लिन त्यहाँ पुग्ने गरेका हुन्छन् । उनीहरुले कार्यालय समयको आधा समय त सोधीखोजी गर्नमै बिताउने गरेका छन् ।

अझ सेवाग्राहीहरुका लागि त्यहाँ अर्को ठूलो समस्या रहेको काम गराउन बिचौलियाको सहयोग लिनुपर्ने बाध्यता । त्यसो नगरे गर्नुपर्ने कामहरु त्यसै थन्किने गर्दछन् । नापी कार्यालय सुनसरीमा सेवाग्राहीले सोचेभन्दा बढि खर्चिनुपर्ने बाध्यता छ । यतिसम्मकी कार्यालयले नक्सा सम्बन्धि विभिन्न कामका लागि दिनुपर्ने जानकारी समेत कार्यालयमा पाइँदैनन् । त्यसले गर्दा एउटा नक्सा लिन समेत सेवाग्राहीले बिचौलिया मार्फत त्यहाँका कर्मचारीलाई अतिरित्त चर्को शुल्क तिर्नुपर्छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय सुनसरी लगायत सम्बन्धित निकायका कसैको ध्यान गएको देखिँदैन । अझ कित्ताकाट प्रक्रियामा ठूलै चलखेल हुने गर्छ । सेवाग्राहीले नापी कार्यालय सुनसरीमा नक्सा प्रिन्ट लिन होस वा अन्य कुनै पनि सेवा लिनका लागि कुनै न कुनै रुपमा अतिरिक्त शुल्क तिर्नुपरेको छ ।

कार्यालयको अव्यवस्थित व्यवस्थापनकै कारण जिल्लाको बिभिन्न स्थानबाट आउने धेरै सेवाग्राहीलाई खर्चमा पनि उस्तै समस्या पर्ने गरेको छ । नापी कार्यालय सुनसरीमा आउने अधिकांश सेवाग्राहीले कुनै कुनै रुपमा समस्या भोग्नु परिरहेको छ । सेवाग्राहीले सहजै सेवा लिन नपाउनु नापी कार्यालयको नियम जस्तै भएको छ । सेवाग्राहीले आवश्यक सबै कागजात पेश गरेपछि काममा ढिलाइ भए सम्बन्धीत शाखाका कर्मचारीले क्षतिपुर्ती दिनुपर्ने हुन्छ । तर नापी कार्यालयमा भने सेवाग्राहीले उल्टो क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । तोकिएको राजस्व तिर्दासमेत फेरी त्यही सेवा लिनका लागि बिचौलियाहरुलाई पनि केही रकम तिनुपर्ने यो कस्तो बाध्यता ?

यसरी समग्र अवस्थाको अध्ययन गर्ने हो भने लाग्छ नापी कार्यालय सरकारी नभई विचौलिया र लेखापढी सेन्टरहरुको साझा कार्यालय हो । जहाँ नापीका कर्मचारीहरुलाई आर्थिक प्रभावमा राखिन्छ ।

नापी कार्यालय सुनसरीमा यस्ता थुप्रै समस्याहरु छन् । सुक्ष्म तर दिर्घकालिनरुपमा असर पार्ने खालका यस्ता समस्याहरुलाई समाधान गर्नका लागि जिम्मेवार को बन्ने ? सेवालाई चुस्त होइन सुस्तमात्रै बनाइराख्ने एउटा पाटो होला । तर आम नागरिकलाई दिउँसै लुट्ने बिषयको जवाफ कसले दिने । सेवाग्राहीले तिरेको अतिरिक्त रकम कहाँ जान्छ ? यस्ता तमाम प्रश्नहरुको जवाफ नापी कार्यालय सुनसरीले दिनैपर्छ । यद्यपी कामहरुलाई चुस्त दुरुस्त होइन सुस्तसँगै अव्यवस्थित र गतिहिन कार्यालयका रुपमा नापी कार्यालय सुनसरी मुलुकमै उत्कृष्ठ बन्नेछ ।

नापीका कर्मचारीहरुले लेखापढी व्यावसायीहरुबाट काम गराउँन दवाव दिने र अत्तिरिक्त रकम माग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । नापीमा नागरिक वडा पत्र अनुसार काम नभएको र नापीको काम लिएर आएको भएपनि लेखापढी र विचौलिया र भ्रष्ट कर्मचारीहरुको कारण सेवा पाउँन निकै सास्ती खेप्न बाध्य रहेको सेवाग्राही दुखराम यादवले बताए । यादवका अनुसार नापीमा खसीबोका किने जस्तै सेवाग्राहीहरु सँग मोल मोलाई गर्दै ठग्ने गरेको र रकम नदिए आज भोली गरेर हप्तौ लगाउने गरेको छ ।

एउटा कामको लागि एक घण्टा देखी दिन भरी सम्ममा सक्नुपर्नेमा हप्तौ लगाउने गरेको र विभिन्न बहानावाजी गरेर अवैध रकम असुली गर्ने गरेको यादवको भनाई रहेको छ । त्यस्तै लेखापढी व्यावसायीको नाममा कार्यालयको कामलाई प्रभावित गर्ने गरि बाहिर भित्र गर्ने गरेको, नक्सालाई तल माथी गर्ने गरेको,नक्सा लुकाई दिने गरेको तर सेवाग्राहीलाई कार्यालय भित्र पस्न निषेध गरेको कारण सेवाग्राहीहरु आक्रोशित भएका छन् ।

सेवाग्राहीहरुले सहज र सरल सेवा पाउँनु पर्नेमा सेवा नपाएको र सास्ती खेप्नु परेको छ भने बिचौलिया दलालहरु सेवाग्राही ठगन व्यस्त बनेको पाइएको छ । उनीहरुलाई नापी कर्मचारीहरुको समेत संरक्षण रहेकाले सर्वसधारण जनताहरुको गुनासो छ ।

सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलतामा राख्ने भने पनि नापी कार्यालय सुनसरी भ्रष्टाचार र भ्रष्टाचारीको अखडा भएको छ भन्दा फरक नपर्ला । पहिले टेबलमुनिबाट डराई–डराई घूस लिने कर्मचारीहरुले अहिले सेवाग्राहीसँग ठाडै मोलमोलाइ गरिरहेको यहाँ देख्न सकिन्छ ।

Tags: नापी कार्यालय सुनसरी:विचौलियालाई मस्तीसेवाग्राहीलाई सास्ती

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित
FEATURE

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
0

सुनसरी – काठमाडौं महानगरपालिकाले देशभरका दुर्गम र स्वास्थ्य सुविधा अभावमा रहेका ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेको छ। मंगलबार राजधानीमा...

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

२०८२ भदौ ९ गते, १९:५० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist