रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिम जिल्ला प्रतापपुर गाउँपालिका का युवा नेता एवम् समाजिक व्यक्तित्व राजेश प्रसाद चौधरीको विशेष पहलमा सात कोठे पक्की विद्यालय भवन निर्माणकार्य सुरु भएको छ ।
विद्यालयको जग्गा अभावमा करिब ५ बर्ष भन्दा बढिदेखि भाडामा संचालन हुँदै आएको प्रतापपुर वडा नं ७ स्थित पशुपति शिक्षा मन्दिरलाई चौधरीले आफ्नो निजि लगानीमा गंगा कुमारी चौधरी संग खरिद गरि सात कोठे भवन निर्माणकार्यको थालनी सुरु गरेकाे हाे । सात कोठे भवनको शिलान्यास प्रतापपुर गाउँपालिका – ७ टागीकोटमा कार्यवाहक गाउँपालिका अध्यक्ष अंजु कुमारी चौधरी र भावी गाउँपालिका अध्यक्ष पदका उमेदवार तथा युवा नेता राजेश प्रसाद चौधरीले संयुक्तरूपमा गर्नुभएको हो । उक्त शिलान्यास कार्यक्रममा बोल्दै युवा नेता राजेश प्रसाद चौधरीले जनताले
काम र क्षमता हेरेर आफुलाई विजयी बनाए प्रतापपुर गाउपालिकालाई विकासको नमुना पालिकाको रुपमा स्थापित गर्ने बताए ।
स्थानिय जनताको भौतिक पुर्वाधारका विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जानकारी दिए , बेरोजगार रहेका युवाहरुलाई आत्मनिर्भर र स्वालम्बी बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । साथै वहाले बिदेश भन्दा स्वदेशमै रोजगारको वातावरण सिर्जना गरी युवाजनशक्ती परिचालनमा जोड दिए । चौधरीले शिक्षा स्वास्थ्य कृषी सिचाइ यातायात संचार क्षेत्रमा योजनाबद्ध विकास गर्ने बनाइरहेको बताए । शिक्षाको पहुचबाट टाढा रहेका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने र कमजोर आर्थिक स्थितबाट गुजि्ररहेका घरपरिवारका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहुन भनी गाउँपालिकाको सहयोगमा अध्यापन गराउने , गरिब विपन्न घरपरिको घर बनाइदिने र अन्न दाता किसानका लागि समयमै खाद्यमल र बिउविजन उपलब्ध गराउने प्रमुख योजनामा पनि रहेको जानकारी दिए ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहुनु भएकी प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले जसपाका युवा नेताको खुलेर प्रशंसाा गरिन । उनले अगामी स्थानिय तहको निर्वाचनमा पार्टी भन्दा व्यक्ति चिनेर भोट दिनुपर्नेमा जोड दिइएन ।
उक्त विद्यालय भवन चौधरीले निजी खरिद गरेका पाच कठ्ठा मध्ये एक कठ्ठामा अनुमानित ६० लाखको लागतमा बन्ने जनाइएको छ । उक्त सात कोठे विद्या भवन बिल्ड अफ नेपाल इन्जिनियरिङ संस्थाको सहयोगमा बनिरहेको छ । भाडाको भवनमा संचालित पुशपति शिक्षा मन्दिरमा नर्सरी देखि कक्षा पाच सम्म पठनपाठन भइरहेको विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन । पशुपति शिक्षा मन्दिर वि क्र. २०५० सालमा स्थापना भएको हो । सुस्ताको विद्यालय भवन र प्रतापपुरको दुबै भवन पुर्ण रुपले निर्माण तीन महिना भित्र हस्तान्तरण गरिनेछ ।
शिक्षा एवं स्वरोजगार प्रेमी भनेर स्थापित भइरहेका युवा नेता राजेश प्रसाद चौधरीको स्थानियहरुले गाउँपालिकाले गर्ने काम राजेशले गर्दै भनेर चौतर्फी प्रशंसाा गरिरहेका छन् ।
Discussion about this post