जनकपुरधाम । पछिल्लो समय स्थानीय तहहरूमा बढ्दै गएकाे अनियमितता र भ्रष्टाचार बढ्दै गएपछि अख्तियारले चासो देखाएको छ ।
अख्तियारको टोलीले रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई घुस रकमसहित पक्राउ गरेको छ ।
काठमाडौंबाट आएका अख्तियारका टोलीले मेयर पटेललाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनले घुस लिएको दुई लाख ५० हजार नगद र सो बराबरकै चेक समेत बरामद गरिएको छ ।
मेयर पटेलसँगै नगरपालिकाका योजना शाखाका कर्मचारी, लेखापाललाई समेत अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ । विस्तृत विवरण आउन बांकी छ । भने केही महिना अघि मात्र सुनसरी जिल्लाको भाेक्राहा नरसिंह गाउँपालिकामा अख्तियारले गरेको छानबिन फितलो देखिएको जानकारहरूकाे गुनासाे छ ।
Discussion about this post