इनरूवा । प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा इनरुवा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” सहित इनरुवा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
मन्त्री यादवले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य सेवा दिवसको औपचारिक उद्घाटनका क्रममा मन्त्री यादवले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले पुर्याएको सेवा सराहनीय र प्रशंसायोग्य भएको बताएका हुन् ।
जिल्ला अस्पताल सुनसरी पुगेर मन्त्री यादवले जुम मिटिङलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । जुम मिटिङ मार्फत मन्त्री यादवले प्रदेश एकका सबै स्वास्थ्य प्रमुखहरुलाई एकसाथ सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री यादवले स्वास्थ्यकर्मीको भूमिकाको प्रशंशा गर्दै सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउन निर्देशन समेत दिएका थिए ।
जुम मिटिङ्ग सकिएपछि मन्त्री यादवले संचारकर्मीहरुसँग कुराकानी गर्दै इनरुवा अस्पतालमा आफु सामाजिक विकास मन्त्री भएको बेला गत पुस ६ गते आएकोले धेरै बेथितिहरु रहेको र अहिले सो कुराहरु धेरै सुधार आएको बताए ।
इनरुवा अस्पतालका मेसु डाक्टर देवराज घिमिरेको प्रयासले बिरामीहरुलाई रेफर नगरी उपचारको केन्द्रबिन्दु बनेको समेत उनले बताए । इनरुवा अस्पतालमा आन्तरिक कलहका कारण व्यवस्थापन बिग्रिएको उनले बताउँदै बाहिरी वातावरण पनि राम्रो नभएका कारण डाक्टरहरु आउन नचाहेका कारण इनरुवा अस्पतालमा डा.घिमिरेको अथक प्रयासपछि सुधारको बाटोमा गइरहेको बताए । इनरुवा अस्पतालमा रेफर बन्द भएको, सरसफाई राम्रो भएको र व्यवस्थापन पक्षमा सुध्रिएको मन्त्री यादवको भनाई छ ।
Discussion about this post