रबिन्द्र यादव/नवलपरासी ।
नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनी स्थित जन जागृति माध्यमिक विद्यालयले व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न गरेको छ । उक्त अभिभावक भेलाबाट चार जनालाई मनोनीत सदस्य चयन गरेको हो । मनोनीत चयन भएका सदस्यहरुमा गिता हजाम, राधेश्याम हरिजन, जगलाल गुप्ता र उत्तम हजाम रहेका छन । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी प्रसाद हरिजनको अध्यक्षता रहेको भेलामा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका शिक्षा संयोजक यादवचन्द बिष्टको रहेको अतिथ्यतता रहेको थियोे ।
प्रमुख अतिथि बिष्टले विद्यलायको विकास तथा पढाईप्रति अभिभावकहरुको चासो बढ्दै गएकोमा यसमा गाउँपालिका , शिक्षाप्रेमी समाजसेवी , शिक्षकशिक्षिका, जनप्रतिनिधि लगायतका सरोकारवाला थप लाग्नुपर्नेमा जोड दिनुभएको थियोे । हाल जन जागृति माध्यमिक विद्यालय गुठी परसौनीमा एक हजार १४ जना छात्रछात्रा अध्ययनरत छन् । अभिभावक भेलामा त्रिभुवन माविका प्रधानअध्यापक नारद ठाकुर , आदर्श माविका प्रअ धन बहादुर ज्ञ्वाली , गणेश माविका प्रअ अभिनन्दन सिंह र उक्त विद्यालयका प्रधानअध्यापक बाबुराम सुवेदी लगायतकाले शुभकामना मन्तव्य गरेका थिए भने शिक्षक इद्रिस अन्सारीले कार्यक्रम संचालन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका लागि शिक्षा नियमावली ९संशोधन सहित० २०७६ को विद्यालय व्यवस्थापन गठन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि अनुसार सदस्यहरुले उप दफा ९१० को खण्ड क,ख वा ग बमोजिमका सदस्यहरुमध्ये बाट एकजना सदस्यलाई अध्यक्षको रुपमा चयन गरिने छ ।
Discussion about this post