सुरेन्द्र मेहता / चिराैली ।
सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न. २ अकाहा बजार स्थित रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ ।
प्रत्येक बर्ष महा शिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको हो।
आज मंगलबार महाशिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ ।भोक्राहा नरसिंह गाउँ पालिका १ र इनरुवा नगरपालिका ८ सिमाना स्थित रहेको झुलेङ्गे पुल सुनसरी खोला घाटबाट भक्तजनहरु जल भरी पैदल यात्रा गर्दे जलेश्वर शिव मन्दिरमा जल अर्पण गरिएको छ । महाशिवरात्रीको अवसरमा प्रत्येक वर्ष झै यस वर्षपनि जलेश्वर शिव मन्दिरमा महाशिवरात्री महोत्सवको आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष उमेश कुमार मेहताले जानकारी दिए।
कलश यात्रामा भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न. १ र २ वडाका स्थानीय भक्तजनहरुले कलश यात्रा सहभागीता रहेकोे थियो ।
कलश यात्रा जलेश्वर शिव मन्दिर समिति र गाउँ तथा बजारका युवा बुद्धिजिविहरुको आयोजनामा मंगलवार बिहान ८ बजे १०१ कन्या कुमारीहरु द्वारा कलश यात्रा कार्यक्रम रहेको थियो । भने कलश यात्राको शुभारम्भ जलेश्वर शिव मन्दिरको अगाडि देखी वडा न. २ को मेहता टोल हुँदै भक्तजनहरु जम्मा ६ किलोमिटर पैदल यात्रा गर्दे कलको जल जलेश्वर शिव मन्दिरमा स्थापित गरिएको शिव लिङ्गमा अर्पण गरिएको आयोजक समितिले जनाएको छ ।
महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरले कलश यात्रा सम्पन्न गर्दे मंगलबार साझको ५ बजे देखि २४ घण्टा हर भोला हर शिव मन्त्र द्वारा अष्ट्याम समेत हुने मन्दिर समितिका सचिव जयप्रकाश ठाकुरले जनाए।
Discussion about this post