सुइनरूवा ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसका निर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको छ ।
नेपाली काग्रेंस भोक्राहा नरसिंह गाउँपालिकाको नयाँ नेतृत्व चयनका लागि गत मंगलवार सम्पन्न भएको निर्वाचनबाट पालिकाको सभापति पदमा युवराज दाहाल निर्वाचित भएको दुई हप्ता पछि पदभार ग्रहण गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको पृथ्वी माविको मैदानमा सभापति दाहाल सहित निर्वाचित सबै पदाधिकारीहरुलाई निर्वाचन समिति सहित पार्टीका जिल्ला सभापती केदार भण्डारी र प्रदेश सांसद ताहिर मियाँ सहितले प्रमाण पत्र वितरण गर्दै सम्मान गरेका छन् ।
त्यसैगरी उपसभापति मुस्ताक मियाँ, सचिव कृपाराम मेहता, सह–सचिव पदमा बैजु मण्डल, सह–सचिव सेराज मियाँले पनि प्रमाण पत्र पाएका छन् ।
त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ बाट सदस्यहरु रामसागर मेहता र मायालाल गुप्ता, खुल्ला महिला सदस्यमा उर्मिला महतो, २ बाट खुल्ला सदस्य मो आरिफ अन्सारी र रामकृष्ण मेहता, महिला सदस्य लिलादेवी मेहता, ३ मा खुल्ला सदस्यबाट पुष्पा कार्की र बलराम धानुक, खुल्ला महिला सदस्यमा जुलेखा खातुनले निर्वाचित भएको प्रमाण पत्र पाएका हुन् ।
कैयुम अन्सारी, रियाम मियाँ, नजमुन खातुन मियाँ, जयराम उराँव, सदिक मियाँ, निरासा कुमारी मण्डल मो.आलम अन्सारी, सगिर मियाँ, चन्चलदेवी पौदार झमेली मण्ड, रामदेव धानुक, कृष्णादेवी हलुवाई, महन्थी साह तेली, मो.मन्सुरी मियाँ,बिमलादेवी मोची, बुधु खत्वे, छेदनीदेवी ऋषिदेव, अजिज मियाँ, इत्राहिम मियाँ सहितले प्रमाण पत्र पाएको पार्टीले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post