• pradeshpoint
  • Pradeshpoint
Monday, May 11, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जनप्रतिनिधिहरु ठूलो संख्यामा आपराधिक र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न

स्थानीय निर्वाचनयता विभिन्न ५२ वटा कसुरमा करिब ३ सय स्थानीय तहका जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्धा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २२ गते, १०:३३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
जनप्रतिनिधिहरु ठूलो संख्यामा आपराधिक र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई महिना बाँकी रहँदा पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको मूल्यांकन उनीहरुकै मतदाताले गर्लान् । तर केही जनप्रतिनिधिको आचरण भने सम्बन्धित स्थानीय तहका मतदाताको मूल्यांकनको मात्र विषय रहेन ।
स्थानीय चुनावको घोषणा भइसकेपछि एकसाता अघिमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको देवाही गोनाही नगरपालिकाका जसपाबाट निर्वाचित मेयर धर्मेन्द्रप्रसाद पटेललाई पक्राउ गरेको थियो।
उपभोक्ता समितिले भवन निर्माण पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर मेयर पटेलले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ।
त्यसको केही समयअघि नेकपा एसमा आबद्ध मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
जनप्रतिनिधिहरु आपराधिक घटनामा संलग्न रहेका यी पछिल्ला दुईवटा ठूला घटनाहरु हुन्। जनप्रतिनिधिहरु स्थानीय जनताको अपेक्षा र आवश्यकता पूरा गर्ने मात्र होइनन् कानूनी शासन स्थापित गर्ने राज्यका वास्तविक अनुहारहरु पनि हुन्।
स्थानीयस्तरमा राज्यका तर्फबाट जनप्रतिनिधिले नै उपस्थिति देखाउने भएकाले उनीहरुका कामकारबाहीहरु प्रजातान्त्रिक अभ्यासका अनुहारहरु बनिरहेका हुन्छन्।
त्यसमा पनि स्थानीय निकायहरु बढी अर्थपूर्ण हुन्छन्। स्थानीय निर्वाचन आउन अब दुई महिना मात्र बाँकी रहँदा पछिल्ला चार वर्षयता स्थानीय निकायको नेतृत्वलाई हेर्ने हो भने जनप्रतिनिधिहरु ठूलो संख्यामा आपराधिक र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको पाइन्छ।
नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार गत स्थानीय निर्वाचनयता विभिन्न ५२ वटा कसुरमा करिब ३ सय स्थानीय तहका जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्धा लागेको देखिन्छ।
गाउँपालिका अध्यक्ष र नगरपालिकाका मेयरहरुले अभद्र व्यवहारदेखि जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, घरेलु हिंसा, गर्भपतन, अपहरण तथा शरीर बन्धक, जातीय छुवाछुत तथा भेदभाव, बहुविवाहका मुद्धा खेपेको देखिन्छ।
यस्तै वडाध्यक्षदेखि वडा सदस्यसम्मले कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी उद्योग, नागरिकतासम्बन्धी कसुर, सरकारी छाप तथा दस्तखत कीर्ते, मानव बेचबिखन तथा ओसारपसार, जुवा, लागूऔषध, चोरी/डाका, ठगी, बहुविवाह, जातीय छुवाछुत, बोक्सीको आरोप, हात हतियार तथा खरखजाना र अभद्र व्यवहारसहितका सार्वजनिक अपराधसम्बन्धी कसुरहरुमा मुद्धा खेपेको पाइएको छ।
प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्धामा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई पक्राउ गरेको थियो। अपहरण तथा शरीर बन्धक र ठगी मुद्धामा पक्राउ परेका रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काविरुद्ध एक महिलाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन्।
सिराहाको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवविरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा लागेको थियो। प्रहरीले ’अत्ति’ भएपछि हिरासतमा राखेर साख झार्न प्रयोग गर्ने अभद्र व्यवहारको मुद्धामा समेत   गाउँपालिकाअध्यक्ष,नगरपालिकाका मेयर, उपमहानगरपालिकाका मेयर समेत मुछिएका छन्।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अभद्र व्यवहारको मुद्धा खेपेका हुन्। दुई जना महिला सेवाग्राहीसँग अभद्र व्यवहार गरेको आरोप उनिमाथि लागेको थियो। यता भष्ट्रचारसम्बन्धी मुद्धा लागेका अधिकांश स्थानीय जनप्रतिनिधिहरु घुस कान्डमा फसेको देखिन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तीन पालिका प्रमुख, १५ वडाध्यक्ष र ८ वडा सदस्यविरुद्ध विषेश अदालतमा मुद्धा दर्ता भइसकेको छ। सिराहाको कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मन्डल र उनका छोरा घुससहित पक्राउ परेका थिए।
जाजरकोटको जुनीचौद गाउँपालिकाका अध्यक्ष पनि घुससहित पक्राउ परेका थिए। मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याएको अभियोग खेपिरहेका छन्। स्राेत: नेपाल प्रेस

Tags: करिब ३ सय स्थानीय तहकाजनप्रतिनिधिविरुद्ध फौजदारी मुद्धाविभिन्न ५२ वटा कसुरमास्थानीय निर्वाचनयता

Related Posts

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist