शुभ नारायण यादव / सप्तरी ।
नेकपा(माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथापुर्व स्थायी सदस्य मातृका प्रसाद यादवले पार्टीलाई जिवित राख्न पार्टी भित्र संधर्ष जारी राख्न नेता तथा कार्यकर्तालाई आहवान गर्नु भयो । सप्तरीको राजविराजमा आज नेकपा(माओवादीकेन्द्र) जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा कार्यकर्ता भेटधाट,पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सो कुरा बताउनु भयो । सप्तरी संधर्षशील जिल्ला रहेको स्मरण गर्नु हुदै पार्टी वनाउन संधर्ष अपरिहार्य रहेको बताउनु भयो । गठबन्धन भत्काउन कांगे्रसइतर पक्ष र केपी शर्मा ओली पक्ष लागी परेकोमा गठबन्धन नभत्किने ठोकीवा गर्नु भयो ।वहाँले माओवादीकेन्द्र पार्टी भित्र दुई दल अस्तित्वमा रहेको कारण एमसीसीको पक्ष र विपक्षमा मतदान हुनु दुर्भाग्यको संज्ञा दिनु भयो ।
सोही अवसरमा प्रमुख अतिथि यादवले जसपा र स्वतन्त्र गरी तिन दर्जन भन्दा वढीलाई माओवादीकेन्द पार्टीमा प्रवेश गराउनुभयो । प्रवेश गर्नेमा राजविराज नपा –१०का रामपुर क्याम्पसका रिटायर्ड प्राध्यापक डाक्टर देवनाथ यादव,सुभाष यादव,धर्मनाथ यादव,चन्द्रनारायण यादव,भागवत यादव,नागृश्वर यादव,आशाराम खंग,तिलाठीकोइलाडी गापाका प्रविण कामैत,इन्दल कामैत,रुन्दि शर्मा,सम्बोध झा,आलोक झा,सुनिल मिश्र,नारायण कामैत,सहदेव कामैत,बद्री कामैत,लगायत रहेका छन ।
नेकपा(माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुर्यनाथ यादव,पुर्व निर्वाचन आयोगका प्रमुख आयुक्त एपी यादव,डाक्टर देवनाथ यादव लगायतले आ आफना विचार राखेका थिए ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...











Discussion about this post