शुभ नारायण यादव / सप्तरी । नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको भेला तथा प्रशिक्षण कार्यक्रम छोटे लाल यादवको अध्यक्षतामा तथा संगठनका केन्द्रिय अध्यक्ष हरी रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय इन्चार्ज गौरी शंकर सिंह,मधेस प्रदेशका अध्यक्ष रामउदगार यादव, नेकपा(माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल,केन्द्रिय सदस्य सुर्यनाथ यादव लगायतले लगायतले आ आफना प्रशिक्षणात्मक मन्तब्य दिएका थिए । संगठनका केन्द्रिय अध्यक्ष रावलले वर्तमान जिल्ला कार्य समितिलाई विधटन गर्दै छोटे लाल यादव संयोजक र सह संयोजक मनोज यादव रहने गरी आयोजक समिति २१ सदस्यीय चयन समेत गरेको छ । आयोजक समितिले चैत्र १२ गते शनिवारका दिन जिल्ला अधिवृशन गर्ने निर्णय समेत सो भेलावाट गरेको आयोजक समितिले जनाएको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post