शुभ नारायण यादव /सप्तरी । धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई एउटा सानो सहयोग स्वरूप विभिन्न सामग्रीहरु वितरण गरेका छन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा न.-४ स्थित टेंगरी टाेलका अग्निपीडित परिवारहरूलाई राहत स्वरूप त्रिपाल झुल तन्ना धोती साड़ी थाल गिलास कराही डेकची र छोलनी लगायतका सामाग्रीहरू वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारी दिए ।
गत फाल्गुन २९ गते आगलागि हुदा अनुमानित करोड़ोंको धनजनको क्षति भएको थियाे ।
उक्त राहत वितरणमा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यास शंकर उपाध्याय, आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग,अहेव रामेश्वर यादव,साबिक प्रसवनी गाविसको निवर्तमान अध्यक्ष रामदेव यादव लगायतका व्यक्तिहऱुकाे उपस्थिति रहेकाे थियाे । अागलागिबाट त्यहाका झन्डै दश परिवारका ३२ घर जलेर दुई करोड भन्दा बढिकाे क्षति भएको थियाे ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post