चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउॅपालिका, गाउँ कार्यपालिका कार्यलयको आयोजनामा बुधबार होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान तथा हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सबै नेपालीहरुले हर्षाेलासपुर्वक रंगहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा गाउँपालिकाले भब्यताका साथ शुभकामना आदानप्रदान तथा हाेली मिलन कार्यक्रम सम्पन्न गरेकाे भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए । 
कार्यक्रमकाे अवसरमा पालिका अध्यक्ष यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी भएका जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी तथा सञ्चारकर्मीहरूलाई गम्छा र अविरकाे टीका लगाएर हाेली सभ्यतापुर्वक मनाउन आग्रह गर्दै हाेली पर्वकाे शुभकामना समेत व्यक्त गरेका छन्।
साे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी महेताले भने यस महान पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षाेलासपुर्वक र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
त्यस्तै हाेली मिलन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले भने जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको यस पर्वलाई सबै गाउँपालिकावासीले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रंगहरुमा रंगिएर स्वास्थ्यकाे ख्याल गरेर मात्रै हाेली मनाउन अग्रह गरेका थिए ।
अधिकृत मेहताले भने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउँदै आएको बताए ।
मुलुकमा मनाइने यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्व समेत रहेको उनलेे बताए ।
साे कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, वडाध्यक्ष राजेश्वर साह लगायतका वक्ताहरूले स्थानीय पर्वहरू होली, करमाधरमा, मोहरम्म लगायतको संरक्षण सम्बर्द्धनमा पालिका पछि नपर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको होलिगित जोगिरा सर र र , हाेलीकाे विभिन्न धार्मिक तथा संस्कृतिक भजनहरू संचालन भएको थियो । कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...














Discussion about this post