देवानगञ्ज । स्थानीय तहको निर्वाचन नजिकिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको देवानगन्ज गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।
औपचारिक निर्णय हुन बाँकी भए पनि जसपाबाट देवानगन्ज गाउँपालिकामा बेचन प्रसाद मेहतालाई टिकट दिने लगभग सहमति भएको पार्टी सुनसरी जिल्ला सचिव प्रदीप कार्कीले प्रदेश पोर्टललाई जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय चुनाव आउँन झन्डै दुई महिना समय बाँकी छ । चुनावका लागि पालिका प्रमुखका उम्मेदवार छान्न दलहरुलाई सकस परिरहेका बेला जसपाले भने उम्मेदवार छनोट गरेर भोट समेत माग्न सुरु गरेको पाइएको छ ।
मेहेता जसपा सुनसरी जिल्ला सदस्य एवं देवानगन्ज गाउँपालिकाका अध्यक्ष हुन् । अघिल्लो स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालको तर्फबाट उम्मेदवार बनेका उनी कांग्रेसका लाली प्रसाद मेहेतासँग झिनो मतान्तरले पराजित भएका थिए । फोरमसहितका दलहरु मिलेर हाल जसपा बनेको हो ।
लालि प्रसादले ३ हजार ६ सय ३० मत ल्याएर विजयी हुँदा बेचन प्रसादले ३ हजार २ सय ७२ मत मत प्राप्त गरेका थिए ।
Discussion about this post