धरान । नेकपा एकीकृत समाजवादीकाे धरान उपमहानगर १५ नम्बर वडाको भेलाले राेशनी राईकाे अध्यक्षता वडा कमिटी गठन गरेको छ। धरानमा टाेल, वस्ती र वडामा संगठन निर्माण अभियान चलाएको नेकपा एसले एक सातादेखि नेकपा एमालेकाे किल्ला भत्काउदै भ्रम र भुलवस एमालेमा बसेका नेता कार्यकर्तासगै अन्य दलका नेता कार्यकर्ता भित्र्याउने क्रमले त्रिवता पाएकाे हाे । धरान १५ नम्बर वडा भेलाले उपाध्यक्षमा गंगा गिरी, सचिवमा अशोक वि. क उपसचिवमा क.राम कुमार लिम्बु रहेको ५५ सदस्यीय वडा कमिटी गठन गरेको हाे ।
वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीका बिषयमा निर्देशन दिएका थिए । भेलामा जिल्ला सदस्य आन्नद श्रेष्ठ, धरान सचिव खेमराज दाहाल, उपसचिव अमृता रमदान सेन्चुरीलगायतको सहभागीता रहेको थियो । भेलाले आउदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा धरानमा कलम चुनाव चिन्ह भएका उम्मेदवारलाई विजयी गराउन टाेल वस्तीमा संगठन निर्माण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...










Discussion about this post