धरान । नेकपा एकीकृत समाजवादीकाे धरान उपमहानगर १५ नम्बर वडाको भेलाले राेशनी राईकाे अध्यक्षता वडा कमिटी गठन गरेको छ। धरानमा टाेल, वस्ती र वडामा संगठन निर्माण अभियान चलाएको नेकपा एसले एक सातादेखि नेकपा एमालेकाे किल्ला भत्काउदै भ्रम र भुलवस एमालेमा बसेका नेता कार्यकर्तासगै अन्य दलका नेता कार्यकर्ता भित्र्याउने क्रमले त्रिवता पाएकाे हाे । धरान १५ नम्बर वडा भेलाले उपाध्यक्षमा गंगा गिरी, सचिवमा अशोक वि. क उपसचिवमा क.राम कुमार लिम्बु रहेको ५५ सदस्यीय वडा कमिटी गठन गरेको हाे ।
वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीका बिषयमा निर्देशन दिएका थिए । भेलामा जिल्ला सदस्य आन्नद श्रेष्ठ, धरान सचिव खेमराज दाहाल, उपसचिव अमृता रमदान सेन्चुरीलगायतको सहभागीता रहेको थियो । भेलाले आउदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा धरानमा कलम चुनाव चिन्ह भएका उम्मेदवारलाई विजयी गराउन टाेल वस्तीमा संगठन निर्माण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post