सुरेन्द्र मेहता/ चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा गाउँकार्यपालिका सदस्यको निर्वाचन पर्सी साेमबार हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिकामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँ कार्यपालिकाको निर्वाचन सुरू गर्ने लागिएको निर्वाचन अधिकृतको कार्यालय भाेक्राहा नरसिंह गाउँपालिका जानकारी दिएको छ ।
निर्वाचन अधिकृत कार्यालयकाे जानकारी अनुसार चार महिला र दुई दलित तथा अल्पसङ्ख्यक सदस्य गरी ६ जना सदस्यको निर्वाचन सुरु गर्न लागिएको जानकारी दिए ।
चार जना महिला सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट चार जना र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट चार जना गरि ८ (आठ) जनाले मनाेनायन दर्ता गरेकोे बताएका छन् । भने दुई दलित तथा अल्पसङ्ख्यक सदस्यकाे लागि नेपाली कांग्रेसकाे तर्फबाट २ जना र राप्रपाकाे तर्फबाट २ जना गरि चार जनाकाे मनाेनायन पत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयकाे जानकारीअनुसार चार जना महिला सदस्यहरूमा नेपाली कांग्रेसका उम्मेदवार कमला परियार , जरिना प्रविन अंसारी, राधाकुमारी उराँव, विमला देवी माेचीकाे उम्मेदवारी परेका छन् भने राप्रपाका तर्फबाट कल्पना कुमारी विश्वकर्मा,तारादेवी खत्वे, फुलकुमारी देवी साह, सरिता देवी उराँव उम्मेदवारी दिएकी छिन् ।
यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा नेपाली कांग्रेसकाे तर्फबाट धर्मनाथ भगत, रामेश्वर खत्वेकाे उम्मेदवारी परेका छन् भने राप्रपाबाट अनुज कुमार झा र राजे खत्वेकाे उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत माेहनबहादुर अधिकारीले जानकारी दिए ।
उता अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा भाेक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अजमल अख्तर आजाद र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुनिता उराँव विजयी भएका छन् ।
Discussion about this post