सरकारले आगामी आर्थिक वर्षका लागि रु.१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ।
यो चालू आर्थिक वर्षको बजेटभन्दा रु. १ खर्ब ४६ अर्ब ठूलो हो। बजेटले चालू खर्चका लागि रु. ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरेको छ। यो बजेटको ४२ प्रतिशत हो।
त्यसै गरी विकास लक्षित पूँजीगत खर्चका लागि रु. ३ खर्ब ८० अर्ब छुट्याइएको छ।
सरकारले आगामी वर्ष रु. १२ खर्ब ४० अर्ब राजस्व उठाउने र रु. ४ खर्ब ९८ अर्ब सार्वजनिक ऋण (आन्तरिक र बाह्य) उठाउने योजना बनाएको छ । बजेटकाे पुर्णपाठ हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् । https://drive.google.com/file/d/1XfKWs6cODYWZhiE9PZHEKjhTip4_AgA7/view
Discussion about this post