शुभ नारायण यादव/ सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१४ स्थित काेशी बाधबाट सशस्त्र प्रहरीले अबैध गाई बरामद गरेकाे छ । सशस्त्र प्रहरी बिओपि काे.बरसाइनकाे टाेलिले नेपालबाट अवैध रुपमा चाेरि तस्करी गरि भारततर्फ लेजादे गरेकाे अवस्थामा सशस्त्र प्रहरीले चार वटा गाई बरामद गरेकाे हाे । उक्त गाई अबैध रुपमा नेपालबाट भारततर्फ चाेरी निकासि गरिरहेकाे अवस्थामा १५ हजार मूल्य बराबरकाे अवैध गाई बरामद गरेकाे तथा तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । यता बरामद गरिएको अबैध गाईलाई आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय बेल्हि तिलाठि पठाएको तथा तस्करीको खाेजि कार्य तिर्व रुपमा भइरहेको सशस्त्र प्रहरी ६ न. गण हेड क्वाटरले जनाएको छ ।
Discussion about this post