इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिकामा युवा तथा विधार्थीहरुलाई लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामुलक अभिमुखिकरण सुरु गरेको छ । कार्यक्रम मोदरल्याण्ड युथ क्लक बराहक्षेत्रको आयोजनामा तथा बराहक्षेत्र नगरपालिकाको सहयोगमा सानिबारदेखी दुईदिने वडास्तरमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सुरु गरेको हो । आयोजक संस्थाका मोदरल्याण्ड यूथ क्लवका अध्यक्ष नवि लम्सालका अनुसार कार्यक्रममा बराहक्षेत्र ११ मधुवन क्षेत्रका ५० जना भन्दा बढी युवा तथा विद्यार्थीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा प्रमुख अथिति बराहक्षेत्र नगरपालिका सामाजिक शाखा प्रमुख अरुण कुमार मेहताले जनचेतनामूलक कार्यक्रमका माध्यमबाट लागुऔषध दुव्र्यसन न्यूनिकरण हुने बताउनुभयो । मेहताले सचेतनामुलक सहभागीहरुले बढ्दै गएको लागू औषध दुव्र्यसनीको समस्या निराकरण गर्न पहिला संयमता अपनाउनुपर्ने बताउनुभयो । सुधारको सुरुवात आफ्नै घरबाट गर्नुपर्ने र घर सुध्रीए समाज सुध्रने र समाज सुध्रीए सिङ्गो देश सुध्रन सक्ने सहाभागीहरुको बुझाई छ । त्यस्तै कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालय तहबाटै लागू पदार्थको प्रयोग र यसको असर सम्बन्धी छुट्टै विषय पाठ्यक्रममा समाबेश गराईनु पर्ने सुझाब दिएका थिए । कार्यक्रममा बिएल चौधरी, पवन रौनीयार र जयकृष्ण यादव लगायतका सहजकर्ताहरुले सहजिकरण गरिरहनुभएको छ ।
Discussion about this post