सुरेन्द्र मेहता (कुशवाहा) /इनरुवा । सुनसरीको इनरुवामा नेपाल कुशवाहा कल्याण समाज स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका ८( गणेशपुर ) स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार सुनसरी जिल्लाभरका ३१ जना नव निर्वाचित , ११ जना कर्मचारी ४ जना अपाङ्ग , ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार , व्यापारी ,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई कल्याण समाजले शुभकामना आदानप्रदान कार्यक्रमा स्वागत सम्मान तथा गरेको हो।
बैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्नमा कुशवाहा समुदायबाट निर्वाचित भएका पदाअधिकारीहरुलाई कुशवाहा कल्याण सामाजले स्वागत सम्मान गरेका छन।
कार्यक्रमका प्रमुख अथिती एंव सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का संघिय संसद सिताराम मेहता र विशिष्ट अथिती इनरुवा नगरपालिकाकी उपाध्यक्ष विनिता मेहताले लवकुशको फोटोमा फुलमाला ,अबिरको टीका लगाइ र मैनबती बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
स्वागत मन्तव्यमा कोशी गाउँपालिका अध्यक्ष चन्द्रदेव मेहताले कुशवाहा समाजमा सामाजिक , आर्थिक र राजनीति लगायतका कमिकजोरी लाई सुधार गरेर अगाडि बढन आग्रह गरेका थिए ।
नेपाल कुशवाहा कल्याण समाजमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष मधुलाला मेहताले स्वागत मन्तव्यमा कल्याण समाज लाई शिक्षा , स्वास्थ्य , संचार लगायतका क्षेत्रमा कुशवाहा समुदायका व्यक्तिहरुलाई अगाडि बढनका लागि आग्रह गरेका थिए ।
जिल्ला अध्यक्ष श्री लाल मेहताले सभा लाई सम्बोधन गर्दे सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना दिनुभएको थियोे ।
त्यसैगरी कुशवाहा कल्याण समाजका जेष्ठ नागरिक पुर्णी देवि मेहता , बजरङी देवि मेहता , जहरी देवि मेहता, गङाइ , रामकिसुन मेहता, अवध नारायण मेहता, झमेली देवि महतो , बचिया देवि मेहता, इन्द्रवति देवि मेहता, रामजी मेहता, जिब्छ महतो, सुकदेव मेहता, लगायतका जना व्याक्तीहरु लाई माननीय सीता राम मेहताले र इनरुवा नगर पालिका उपाध्यक्ष विनिता सम्मान गर्नुभएको थियोे ।
कार्यक्रमा संघिय संसद सीताराम मेहता, देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन मेहता ,देवानगन्ज गाउँपालिका ३ का वडाअध्यक्ष सुशील कुमार मेहता , वडा न.६ का वडाअध्यक्ष हरिनन्दन मेहता भोक्राहा नरसिंह गाउँपालिका एकका वडा अध्यक्ष लक्ष्मण मेहता २ का वडा सदस्य बलदेव मेहता वडा न.४ का वडा सदस्य शिव नारायण कुशवाहा, पत्रकार सुरेन्द्र मेहता, मनोज मेहता, श्याम देव मेहता, अशोक मेहता, बुध सागर मेहता , शिक्षक सुरेन्द्र मेहता , लगायतका बुद्धिजिवि ,समाजसेवी र गाउँवासिको उपस्थिति रहेको थियो ।
Discussion about this post