शुभ नारायण यादव/सप्तरी । सप्तरीको रुपनी गाउँपािलका वडा न.–५ मुसहरनियाँ बसविट्टीमा आज विङ्गर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
राजविराज–रुपनी सडक खण्डमा राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्वरको विङ्गर अनियन्त्रित भएर दुर्घटना भएको हो । साे दुर्घटनामा परेर सप्तरीको रुपनी गाउँपालिका वडा न.–१ नकटी रायपुरका ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य शुरु गरेको तथा मृतककाे शव पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ । यता दुर्घटनामा घाइतेहरुकाे युनिक तथा राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post