धिरज भट्टराई / कुरा आज भन्दा करिब १–२ महिना अगाडिको हो । हामी सुनसरी बाट केही दाइहरु र साथीहरू बिराटनगरको कुनै होटलमा खाजा खाइ रहेको थियौ । बिराटनगर जाने हाम्रो उद्देश्य नगरपालिकाको मेयर पदको टिकट कस्ले पाउछ भन्ने खुलदुलि थियो । टिकट प्रदेसले निर्णय गर्ने थाहा पाएपछि हामी बिराटनगरमा दिन रात केही नभनी धर्ना दिए जस्तो बसेका थियौ । संयोग भन्नू पर्छ जुन होटलमा बसेर हामी खाजा खाइ रहेको थियौ त्यस होटेलको माथिल्लो तल्लामा ठूलो ठूलो आवाजमा भोजपुरी लगायत हिन्दी गाना बजिरहेको थियो। बोर्डरमा बसेर होला हाम्रो समूह बिच भोजपुरी गाना निकै प्रिय छ । गाना बजिरहेको छ र भारतिय नम्बरका गाडी बाट ब्यक्तिहरु होटल माथी जाने क्रम जारीरहेको छ । यो सबै अवस्था केही बेर हेरे पछि मैले त्यस होटेलका संचालक सायद कामदार मात्र हुनु पर्छ उस्लाइ प्रश्न गरे माथी के छ ? उस्ले पनि सहज उत्तर दियो हिड्नु माथी । म कुनै पनि हालतमा ज्यादा पैसा खर्च गर्नु हुदैन भन्ने पक्षमा थिएँ । मैले पनि भने भाइ हामी जान त जाने तर माथीको हामीले खाएको बिल तलको नै रेटमा हुनु पर्छ ? उस्ले हुन्छ भने पछि हाम्रो समुह लागो माथिल्लो तल्लामा । यो मेरो पहिलो डान्स बार प्रबेस थियो । म डिस्को धेरै पल्ट गएको छु । संगीतमा मेरो रुचि पुरानो हो । नाच्न नजाने पनि नृत्य मलाइ खुबै मन पर्छ । तर डान्स बार जस्लाइ स्थानिय झुट भासामा गजल भनिदो रैछ मेरो प्रबेस पहिलो थियो । गजल भनेको सायरी हो जस्लाइ गाउन गरिन्छ । तर गजलको नाममा नाच मैले केही बुजि रहेको अवस्था थिएन । मुख्य कुरा अब म सुरु गर्न चाहान्छु । मैले यो सबै भुमिका किन लेखे भने म माथी प्रस्न उठ्न सक्छ कि मैले यो सबै कुरा कसरी थाहा पाए वा भनौ म चै त्याहा किन गए । यहि प्रस्नको उत्तरका लागि मैले त्यहाँ जानुको कारण र उदेश्य बताएको हो । अब कुरा गरौं त्यहाँ के हुन्छ । त्यहाँ नेपाल अधिराज्यका विभिन्न ठाउँबाट आएका नेपाली चेली बेटिहरुको नृत्य हुन्छ र त्यहाँका विशेष ग्राहाक हुन्छ्न मित्र रास्ट्र भारत बिसेस गरि बिहार राज्यका ब्यक्तिहरु । नेपाल अधिराज्य भरी कति वटा डान्स बार संचालित छन् त्यो गहन खोजीको बिषय हो तर मात्र प्रदेस १ को राजधानी बिराटनगरमा १ दर्जन बढी संचालित छन् होला, त्यो तथ्यांक सायदै प्रदेस सरकार वा बिराटनगर महानगरपालिकासंग उपलब्ध होला। कति वटा छन भन्ने जानकारी नहुने सरकारलाई त्यहाँ कति चेलीबेटि कार्यरत छन र उनिहरुको अवस्था कस्तो छ सायदै जानकारीमा होला । गरिबी अभाव र बेरोजगारी अभिसाप हो । तर त्यहीँ अभिसापलाई अवसर मानेर कसैले पैसा कमाउनु धेरै लाजमर्दो हो । सरकार यो सबै हेरेर बस्न सक्ला तर मैले देखे बुजे पछि चुप लाग्न सकिन । त्यस्तो डान्स बारमा काम गर्ने युवतीहरुको सुरक्षा र स्वतन्त्रताको जिम्मेवारी कस्को हो ? उनिहरु परिवारको स्वीकृतिमा त्यहाँ छन कि पैसा को प्रलोभनमा उनिहरुलाइ बन्दी बनाएर नचाउने काम हुँदै छ यो कुरा को खोजी कस्ले गर्ने । त्यहाँ हरेक रात कति पैसाको कारोबार हुन्छ र त्यो कारोबारको कर सरकारलाई दिएको अवस्था छ त ? के त्यहाँ काम गर्नेहरुले सरकारको माप दण्ड अनुसार र गरेको श्रमको आधारमा पैसा पाइरहेका छन त ? कतै त्यहा काम गर्नेहरु मानसिक रुपमा बिमारी त भै रहेका छैनन, डिप्रेसन, एङ्जाइटीबाट पिडित त छैनन जाँच भएको छ ? मैले मेरो एक जना सिनियर दाइलाई भटेर दाइ यो सबै कुरा मलाइ नराम्रो लागि रहेछ म आवाज उठाउछु भन्दा दाइले भाइ धेरै नेताजिहरुको लगानी छ यस्तो बारमा कुरा कस्ले सुन्ला बेकारमा दुःख पाउने काम हो भन्नू भयो । तर म चुप लागेर बस्न सकिन मैले पेसालाई गलत भनेको हैन तर त्यहा नाच्ने सबै युवतीहरुको तथ्यांक राखिनु पर्यो। उनिहरुको पेसा कानुनी रुपमा जायज हो भने उनिहरुलाइ प्यान नम्बर दिएर बैंक खातामा पैसा दिनु परो । जिउ धनको सुरक्षाको प्रत्याभूति सरकारले गर्नु पर्यो । यो कुराको आज उठान गरेको हो यसको गहिराई सम्म पुग्ने मैले निर्णय लिएको छु । सम्पूर्णसंग साथ र सहयोगको अपेक्षा राखेको छु ।
Discussion about this post