शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा एक किशोरीमाथि भएको सामूहिक बलात्कार घटनाका तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइएकाे छ ।
सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरूलाई अाज बालसुधार गृह वीरगञ्ज पठाएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ ।
घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।
गत जेठ २ गते पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका वडा न.–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो । उनीहरुले आफूलाई सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् ।
पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
उक्त घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
यता उजुरीका आधारमा प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाएको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post