शुभ नारायण यादव /सप्तरी । लगातारको बर्षासँगै परेको चट्याङ लागेर आज दिउसाे सप्तरीमा दुई जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदे बरसाइन नगरपालिका वडा न.–३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्य नारायण यादवकाे मृत्युु भएको हाे। घर नजिकै गाई गाेरु चराउन गएको बेला अचानक चट्याङ लागेर उनिहरुकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
यता घटनास्थलतर्फ व्यापक मात्रामा प्रहरी खटाइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै मृतकहरुकाे शव हाल पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा शव पठाएको प्रहरीले जनाएको छ ।
Discussion about this post