नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बिशेष बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले मुक्ति गैरेकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । उक्त समितिले प्रथम जिल्ला भेला गर्ने समेत निर्यण गरेको छ । साथै नेकपा(बहुमत) निकट महिला,युवा,पत्रकार,विद्यार्थी,किसान,मगर,कुमाल लगायतका माेर्चाहरुकाे जिल्ला भेला समेत गर्ने निर्यण गरेको छ । बैठकले शैक्षिक विकृति,स्वास्थ्य माफिया,वातावरणीय पर्यावरणकाे दाेहन,कृषक समस्या,मेडिकल माफिया,लघुवित्तकाे ठगि,मिटर ब्याजिहरुका बिरुद्धमा संघर्ष केन्द्रित गर्ने भएको छ । साथै राष्ट्रिय,जनतन्त्रका बिषयमा संघर्ष गर्ने भएको छ । उक्त पार्टीले अाफ्नाे पार्टीका तत्कालीन दिर्घकालिन रणनीतिक एवम् कार्यनीतिक सवालहरुमा जिल्ला भरि वालपेन्टिङ्ग समेत गर्ने भएको छ । बैठकमा प्रमुख अतिथि तथा रुपन्देही पाल्पा जिल्ला ईन्चार्ज प्रवेश र नवलपरासी ईन्चार्ज सितलकाे उपस्थिति रहेको थियो ।
Discussion about this post