इनरुवा । एम्बुलेन्स विहीन अवस्थामा रहेको इनरुवा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएको छ ।
प्रदेश १ सरकारले मंगलबार आयोजित एक कार्यक्रमका बिच इनरुवा अस्पतालाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री राजेन्द्र राई र स्वास्थ्यमन्त्री जयराम यादवले कार्यक्रमका बिच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन ।
इनरुवा अस्पताल पछिल्लो लामो समयदेखि एम्बुलेन्स विहीन रहँदै आएको थियो । पाकिस्तान दुतावासले दिएको एउटा एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएपछि अस्पताल एम्बुलेन्स विहीन अवस्थामा थियो ।
अहिले अस्पतालाई हस्तान्तरण गरिएको एम्बुलेन्स आईसीयू रुममा हुने अधिकांश सुविधासहितको सुविधा सम्पन्न छ । उपचारको लागि लैजादा त्यसमै प्राथमिक उपचार गर्न सकिने भएकोले यो एम्बुलेन्सको सेवा पछि अस्पताल पु¥याउँदा पु¥याउँदै विरामीले ज्यान गुमाउनु पर्ने अवस्था धेरै हदसम्म अन्त्य हुने विश्वास लिईएको छ ।
Discussion about this post